मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वित्तीय क्षेत्रको प्रश्न, ‘के हो योगदानमा आधारित सामाजिक सुरक्षा ?’

वित्तीय क्षेत्रको प्रश्न, ‘के हो योगदानमा आधारित सामाजिक सुरक्षा ?’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- वित्तीय क्षेत्रले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका प्रावधानहरु स्पष्ट पार्न सरकारसंग माग गरेका छन्।

बैक तथा वित्तिय क्षेत्रका अधिकारीहरुले ऐन कार्यान्वयलाई लिएर पुराना कर्मचारीहरुमा भय र त्रास श्रृजना गराएको भन्दै ऐनका प्रावधानहरुलाई थप स्पष्ट पार्न माग गरेका हुन्। 

नेपाल वित्तीय संस्था कर्मचारी संघ फियनले सामाजिक सुरक्षा योजनाका बारेमा गरेको छलफलमा सहभागी बैक तथा वित्तिय क्षेत्रका प्रतिनिधिले ऐन अनुसार सामाजिक सुरक्षा कोषमा संकलित रकम बैकमा जम्मा हुने भएकाले नगद प्रवाहको क्षेत्रमा राम्रो वातावरण बन्ने भएपनि संकलित रकमको परिचालनमा समस्या रहेको तर्क गरे। 

नबिल बैकका सिईओ अनिल केशरी शाहले कर्मचारीहरुलाई आफुहरुले गरेको योगदानको प्रतिफलको सुनिश्चिता, समावधि, प्राप्त गर्ने प्रणाली लगायत कयौ विषयमा ऐनले दुविधा श्रृजना गराएकाले ऐनमा अस्पष्ट भएका प्रावधानलाई स्पष्ट पार्नुपर्ने बताए।

नेपाल बैकर एशोसियसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन अनुसार सामाजिक सुरक्षा कोषमा संकलित रकम वितरण स्पष्ट नभएकाले कर्मचारीहरु नै सहभागी हुन नमानेको बताए। उनले बीचमा जागिर छाड्ने कर्मचारीको संकलित रकम फिर्ताको प्रत्याभुति ऐनले नगरेसम्म कार्यान्वय जटिल हुने टिप्पणी गरे।

नेपाल राष्ट्र बैकका निर्देशक विरेन्द्रदत्त अवस्थीले वित्तिय क्षेत्रमा कर्मचारी प्रशासन अस्थिर रहेकाले जागिर छोडेर गएका कर्मचारीले पुरानो संस्थाबाट के पाउने भन्ने बारे ऐनमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताए।

कार्यक्रममा सहभागी विभिन्न बैक तथा वित्तिय संस्था एवं विमा संस्थानका कर्मचारीहरुले अवकाश लिए लगत्तै संकलित रकम फिर्ता दिने व्यवस्था गरिनुपर्ने माग गरे।

योगदानमा आधारिक सामाजिक सुरक्षा ऐनमा निवृत्तभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पुरा भएको हुनुपर्ने प्रावधान राखिएको छ। त्यसैगरी निवृत्तभरण प्राप्त गर्नका लागि १५ वर्ष योगदान गरेको हुनुपर्नेछ। 

कर्मचारीको प्रतिमहिना तलबबाट रोजगारदाताले २० र कर्मचारीले ११ गरी ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ। 

यो योजनामा दर्ता हुने संस्थाले कम्तिमा ६ महिना बराबरको रकम जगेडामा राख्नुपर्ने प्रावधान छ। योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुदा यसअघिको संञ्चय कोष र नागरिक लगानी कोषमा संकलन भएको रकम के हुने ? सम्बन्धीत संस्थाले दिदै आएको अतिरिक्त सुविधा कायम रहने÷नरहने लगायतका कयौ विषयमा ऐनमा स्पष्ट नभएको भन्दै सरोकारवालाहरुले यसलाई लागु गर्न नसकिने बताउदै आएका छन्। 

साथै बीचमै जागिर छोडेका कर्मचारीको संञ्चित रकम फिर्ताको पनि प्रत्याभुति ऐनले नदिएकाले कर्मचारी स्वयमका लागि पनि यो योजना आकर्षक बन्न सकेको छैन। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।