मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘ओली र प्रचण्डजीले एकीकरणपछि पार्टीको क्षेत्रफल नै थाहा पाउन सक्नुभएन’

‘ओली र प्रचण्डजीले एकीकरणपछि पार्टीको क्षेत्रफल नै थाहा पाउन सक्नुभएन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सांसद हृदयश त्रिपाठीले नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी ठूलो भएको अन्यौलमा परेको टिप्पणी गरेका छन्।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्मजयन्तीका अवसरमा काठमाडौंका राष्ट्रिय सभा गृहमा आयोजित विचार गोष्ठीमा अध्यक्षद्वयका अगाडि बोल्दै नेता त्रिपाठीले दुई पार्टीबीचको एकीकरणपछि पार्टी निकै ठूलो बनेको र जसका कारण अध्यक्षद्वय अन्योलमा परेको टिप्पणी गरेका हुन्।

कार्यक्रममा उहाँले अहिलेको कम्युनिष्ट पार्टीले मधेसी र थारु जनताको मन जित्न नसकेको बताए।

उनले तराई मधेसका ३० प्रतिशत जनता कांग्रेसका वंशाणुगत मतदाता रहेको तर बाँकी ७० प्रतिशतलाई नेकपाले आफ्नो प्रभावमा ल्याउन नसकेको बताए।

के भने त्रिपाठीले ?

नेपालको सन्दर्भमा मदन भण्डारीले जुन विचार व्यक्त गर्नुभयो त्यो जनताको विचार बन्यो र उहाँ दूरदर्शी नेताका रुपमा रहनुभयो।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपछि धेरै ठूलो भयो कि दुई जना अध्यक्षले क्षेत्रफल नै थाहा छैन जस्तो गर्नुभएको छ।

उहाँहरुले नचिताएको एकीकरण गर्नुभयो ।

यो पार्टी र सरकारको सफलता र विफलतासँग सम्बन्धित मात्र छैन।

यो पार्टी र सरकारले मुलुकको राजनीतिक कोर्ष चेन्ज गर्न सक्छ।

मदन भण्डारीले नेपालको वाम आन्दोलन मधेसी जनता र थारु जनतामा लोकप्रिय हुन सकेन भन्नुभयो, त्यसपछि सीता रञ्जन रायको अध्यक्षतामा एउटा कार्यदल बनाउनुभयो। ५ औं महाधिवेशनको डकुमेन्टमा मधेसी र थारुबारे लेख्नु भएको थियो।

त्यसपछि उहाँको अवसानसँगै मधेस र थारुसम्बन्धी उहाँ र तत्कालीन नेकपा एमालेको विचारको पनि अवसान भयो।

नेकपा अझै पनि थारु र मधेसी जनतामा लोकप्रिय हुन सकेको छैन।

किनकी त्यो अनुसारको नीति, सिद्धान्त र कार्यक्रम तथा व्यवहार हुन सकेको छैन।

१६४ सिट मध्ये ५९ सिटलाई छोडेर तपाईँहरुको आगामी यात्रा कम्प्लीट हुँदैनन्।

३० प्रतिशत जनता कांग्रेसका वंशज भोटर छन्, कांग्रेसले जे गरे पनि कांग्रेसलाई नै भोट दिन्छन्।

७० प्रतिशतलाई त ‘क्यारी’ गर्नसक्नु हुन्छ नि ?

यो सरकार र पार्टीको सफलता तथा विफलता राजनीतिक कोर्षसँग जोडिएको छ।

एकपटक जनमतले अविश्वास गरिसकेपछि फेरि विश्वास लिन गाह्रो हुन्छ। त्यसैले विश्वास लिने प्रयास यो पार्टीले गर्नुपर्छ।

हिजो केही राजनीतिक बुख्याँचा देखाएर राजनीति गरेका थिए, हामीले पनि त्यस्तो धन्दा गरेका थियौँ, अव त्यो अवस्था छैन।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।