मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टीभित्रकै खैलाबैला बाहेकले सरकार ढल्दैन : सिटौला

पार्टीभित्रकै खैलाबैला बाहेकले सरकार ढल्दैन : सिटौला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकार आफ्नै पार्टीभित्रको खैलाबैलाले मात्रै ढल्न सक्ने बताएका छन्।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै कांग्रेस नेता सिटौलाले सरकार दुई तिहाई बहुमतसहित भएकाले निकै बलियो रहेको बताए।

बलियो सरकारले राम्रो काम गर्नुपर्ने र सरकारको साख जोगाई राख्नुपर्ने धारणा सिटौलाले राखे।

उनले यो सरकार ढल्ने हो कि भन्ने चिन्ताहरु पनि भएको भन्दै सिटौलाले यो सरकार पार्टी भित्रकै खैलाबैलाका कारण ढल्न सक्ने तर बाहिरको कुनै पनि खैलाबैलाले नढल्ने स्पष्ट पारे।

सरकार गठन भएको दुई वर्षसम्म पनि सरकारले जनताले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सरकारले जनताले महशुस गर्ने गरी काम गरोस् भन्ने कांग्रेसको चाहना रहेको स्पष्ट पारे।

कार्यक्रमा नेता सिटौलाले मदन भण्डारीलाई लोकतान्त्रिक आन्दोलनसँग जोडेर विचार गोष्ठी राखिएकामा आफूलाई आकर्षक लागेको बताए।

के भने सिटौलाले ?

अहिलेसम्म रहनु भएको भए उहाँको विचार परिमार्जन हुँदै कहाँ पुग्यो त्यो फरक कुरा हो।

उहाँबाट देशले धेरै अपेक्षा गरेको थियो।

स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यतालाई उहाँले सोच बनाउनुभएको थियो।

नेपालका कम्युनिष्ट पार्टीहरुको विद्रोह फरक फरक थियो। प्रचण्ड जीले पनि छुट्टै विद्रोह गर्नुभयो। शान्ति प्रक्रियासँगै उक्त पार्टी पनि शान्ति प्रक्रियामा आयो अहिले त एउटै पार्टी बनेको छ।

सरकारले करिब २ वर्षको अबधिमा जनताले सोचको काम गर्न सकेको छैन।

अहिले सरकारमाथि मात्र होइन पद्धतिमाथि प्रश्न उठ्न थालेका छन्।

उग्रबादी धारहरु विकसित हुन थालेका छन्।

हिजोका सहमति, सहकार्य र एकता भुल्नु हुँदैन।

जुन परिवर्तन ल्यायौँ, त्यसलाई बलियो र सुदृढ गर्नुपर्छ।

राष्ट्रिय एजेण्डाममा वृहत्त छलफल हुन सक्नुपर्छ।

दलहरुको बीचमा सहमति, सहकार्य र एकता देखिँदैन। लोकतान्त्रिक शक्तिहरुबीच एकता नहुँदा यो व्यवस्थामाथि प्रहार गर्नेहरु बलियो भएर आउन थालेका छन्, त्यसमा हामी सचेत हुन
सक्नुपर्दछ।

शान्तिप्रक्रिया टुंगोमा पुगेको छैन।

द्वन्दका पीडितहरु न्यायको पखाईमा छन्।

नेपालको राजनीतिमा पनि जीरो प्वाइन्टमा फर्किउँ र अलमलिएको बाटेमा नहिँडौँ।

हामी सरकारलाई सहयोग गर्न चाहन्छौँ।

हामी विरोधका लागि विरोध गर्ने छैनौँ।

आम नेपाली जनताले बुझ्न सक्नेगरी सरकारले काम गर्न सकोस्

पार्टीमा हुने खैलाबैलाले बाहेक अरु कसैको खैलाबैलाले सरकार ढल्दैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।