मंगलबार, साउन २६, २०८३

दलित पत्रकारहरुको राष्ट्रिय सम्मेलन पाल्पामा सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- पाल्पाको तानसेनमा दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन शुरु भएको छ।

नेपाल पत्रकार महासंघको दलित समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ पाल्पाको आतिथ्यतामा भईरहेको भेलामा देशैभरीका दलित समुदायका पत्रकाहरु उपस्थित रहेका छन्। 

राष्ट्रिय दलीत पत्रकार महासंघका अध्यक्ष विनोद पहाडीले दिएको जानकारी अनुसार सम्मेलनमा १ सय ५० जना भन्दा बढी सदस्यहरु सहभागी भएका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, पार्षद, शाखाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको उक्त सम्मेलनको गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गरेका छन्।

भोलिसम्म चल्ने सम्मेलनमा राष्ट्रिय सूचना आयोगका कृष्णहरि बास्कोटा र अनुसन्धानकर्ता जेबी विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनको उद्घाटन सत्रमा पूर्व सभासद तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विनोद पहाडी, पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य निशा विश्वकर्मा र पूर्व केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारलाई सम्मानसमेत गरिएको छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा दलित समितिको प्रमुख मधु शाहीको अध्यक्षतामा सम्मेलन चलिरहेको छ।

सम्मेलनमा दलित समुदायका पत्रकारहरुका समस्या, चुनौति र समाधानका विषयमा प्रतिनिधिहरुले छलफल गर्नेछन्। छलफलपश्चात ‘तानसेन घोषणापत्र’ जारी गर्दै राष्ट्रिय सम्मेलनको समापन गरिने आयोजकले बताएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।