मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय वृक्षारोपण दिवस : ओलीले रोपे नासपातीको बिरुवा 

राष्ट्रिय वृक्षारोपण दिवस : ओलीले रोपे नासपातीको बिरुवा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपणको शुभारम्भ गरेका छन्। राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका हुन्। वृक्षरोपण गर्दै ओलीले यसबाट काठमाडौँ उपत्यकालाई हराभरा पार्न मद्दत पुग्ने बताए। उनले आफ्ना सन्तानलाई झैं आफूले रोपेका बिरुवाक‍ो संरक्षण गर्नुपर्ने बताए। बिरुवा संरक्षणमामा प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै ओलीले यसवर्ष ५ करोड बिरुवा रोप्नु पर्ने र यो सरकारी नभइ जन जनको कार्यक्रम रहेको बताए।

'हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ', ओलीले भने 'अबको प्रतिष्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्दछ।' वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैह्र सरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीको भनाइ छ। 'यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो' प्रधानमन्त्री ओलीले भने 'हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए। त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यबहारबाटै थाहा पाएर उनीहरुले विरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नु पर्दछ।'

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा विभागीयमन्त्री शक्तिबहादुर बस्नेत, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षरोपण गरेका थिए। 

चालू आर्थिक वर्ष २०७५/७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडकखण्डका ठाउँ ठाउँमा १० प्रकारका दुई हजार ७०० बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ। देशभर चालू आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ। ‘राष्ट्रिय वृक्षरोपण दिवस’ का अवसरमा मुलुकभर वृक्षारोपणलाई उत्सवका रुपमा मनाउनुका साथै शनिबार नै ‘वृक्षरोपण वर्ष’को शुरुवात समेत गरिएको छ। सरकारले राष्ट्रियस्तरमा ‘वृक्षारोपण वर्ष’ कार्यक्रम कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषदले बिहीबार सार्वजनिक गरेको थियो। 

सन् २०१८ जुन ५ देखि ‘एक नागरिक एक फलफूलका बिरूवा रोपण अभियान’ शुभारम्भ गरिएको हो। सो अभियान सफल बनाई मुलुकलाई फलफूलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष असार १४ गते फलफूललगायतका बिरूवा रोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षरोपण दिवस मनाउने सरकारको निर्णय छ। साथै लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रिएका वनक्षेत्रमा समेत फलफुल तथा औषधिजन्य (हर्बल) बिरूवा रोपण गर्ने सरकारले निर्णय गरेको छ।


    
‘एक जवान, एक बिरुवा रोपण अभियान’ 
    
सरकारको ‘एक नेपाली, एक फलफूलको बिरुवा रोपण अभियान’ लाई मूर्तरुप प्रदान गर्न नेपाली सेनाले पनि ‘एक जवान, एक बिरुवा (फलफूलका बोट) रोपण अभियान’ को कार्यक्रम लागु गरेको छ। सोही अभियान बमोजिम प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा हाताभित्र विभिन्न जातका फलफूलका बिरुवा रोपी अभियानको शुभारम्भ गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।