काठमाडौं - वर्षाले बगाएर ल्याएको बालुवा र लेदोका कारण धादिङको गल्छी–बैरेनी सडकखण्ड अवरुद्ध भएको छ। बिहान परेको पानीसँगै लेदो बगेर पृथ्वी राजमार्गको बैरेनीमा बाटो अवरुद्ध भएको हो।
धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको हो । राजमार्ग अवरुद्ध हुँदा काठमाडौं आउने र वाहिर जाने सवारी साधनहरु बीचमा नै रोकिएका छन्। पहिरो हटाउने प्रयास भैरहेको प्रहरीले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४