काठमाडौँ- तत्कालिन नेकपा एमालेका नेता मदनकुमार भण्डारीको ६८ औँ जन्मजयन्ती आज मनाइँदैछ। भण्डारीको जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरि मनाइँदै छ।
शनिबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम गरी नेकपाले मदन जयन्ती मनाउन लागेको हो। कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली छन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने विशिष्ट अतिथि रहेका छन्।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा परी निधन भएको थियो । कुशल नेता र प्रखर वक्ताको रुपमा परिचित भण्डारीले तत्कालीन समयमा भाषण र व्यक्त गरेका विचारको अझैसम्म चर्चा हुने गरेको छ ।
भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो। जनताको बहुदलीय जनवादले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ।
जनताको बहुदलीय जनवादको जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत वर्ष जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र ) को एकता भई हालको नेकपा गठन भएको हो।
यो पनि पढ्नुस्
प्रचण्डले बहिष्कार गर्लान् मदन जयन्ती ?