काठमाडौं – काठमाडौंबाट प्रकाशित शनिबारका अधिकांश राष्ट्रिय दैनिकहरुले फरकफरक विषयलाई प्राथमिकतामा पारेका छन्।
नागरिक दैनिकले एसइई नतिजामा सामुदायिक विद्यालयतर्फको नतिजा सन्तोषजनक नआएको सन्दर्भमा केही सामुदायिक विद्यालयले गरेको प्रगतिबारे समाचार प्रकाशन गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सामुदायिक विद्यालयले पनि उत्कृष्ट नतिजा ल्याएका छन्। काठमाडौंको बाफलस्थित ज्ञानोदय मावि अब्बल नतिजा ल्याउन सफल भएको छ। ललितपुरको श्रमिक शान्ति मावि, भरतपुरको नारायणी नमुना मावि, विराटनगरका पोखरीया र आदर्श मावि, पोखराका अमरसिंह नमुना उच्चमावि, शीतलदेवी र बालमन्दिर मावि, गोरखाको सरस्वती, तनहुँको सत्यवती, बुटवलको कालिका र पाल्पाको देववाणी संस्कृत तथा साधारणा माविको नतिजा अब्बल देखिएको छ।
शिक्षण प्रक्रियामा सुधार, कक्षा कोठाको वातावरण सुधार तथा शिक्षक, अभिभवक र विद्यार्थीको मेहनतका कारण यी सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा निकालेका हुन्।
ज्ञानोदय माविबाट एसईईमा सहभागी दुई सय ६४ जनामा एक जनाले ४ जिपिए, दुई विद्यार्थीले ३.९५, त्यस्तै ३.९ भन्दा माथि ल्याउने १५ जना, ३.६ अर्थात ए ग्रेड ल्याउने विद्यार्थी एक सय तीन जना रहेका छन्। यस्तै ललितपुरको श्रमिक शान्ति माविबाट एसईईमा सहभागी ९० विद्यार्थीमा ए प्लस ल्याउने तीन जना रहेका छन्। यस्तै ३.२ देखि ३.६ सम्म ल्याउने सात जना रहेका छन्। यस्तै नारायणी नमुना माविबाट सहभागी भएका दुई सय ८१ विद्यार्थी मध्ये ३.९५ जिपिए ल्याउने चार जना रहेका छन्। ३.६ माथि ल्याउने विद्यार्थी संख्या भने ७९ छ।
यस्तै पोखरियाका ३ सय १२ विदार्थीमा १ सय २५ जनाले ए प्लस ल्याएका छन्। यस्तै ९७ जनाले ए ल्याएका छन्। यस्तै नमुनाका एक जनाले ४ जिपिए र ४४ जनाले ए प्लस ल्याएका छन्। शीतलदेवीबाट ६४ जनाले एसईई दिएकोमा १३ जनाले ए प्लस ल्याएका छन्। यस्तै बालमन्दिर माविबाट एकसय चार जनाले परीक्षा दिएकोमा १५ जनाले ए प्लस ल्याएका छन्। यस्तै गोरखाको सरस्वती माविबाट एक सय २१ जनाले परीक्षा दिएकोमा ११ जनाले ए प्लस ल्याएका छन्।
तनहुँको सत्यवतीबाट ५६ विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन्। बुटवलको कालिकाबाट एक जनाले ४ जिपिए तथा एक सय १९ जनाले ३.६ माथि जिपिए ल्याएका छन्। यस्तै बुटवलकै कान्तिबाट तीन विद्यार्थीले ३.९ तथा ३.६ माथि २९ जनाले जिपिए ल्याएका छन्। यस्तै मणिग्रामस्थित शान्ति माविबाट २८ जनाले ३.६ माथि जिपिए ल्याएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४