मंगलबार, साउन २६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज असार १३ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

सरकार ढाल्ने देउवाको चेतावनी (भिडियोसहित)

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन्।

'कम्युनिष्टको विकल्पमा राष्ट्रवादी शक्ति तयार'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टको विकल्पमा राष्ट्रवादी शक्ति तयार भएको दाबी गरेका छन्।

सिरिन्ज होइन, रमाइलोका लागि काँटीले घोचेको ! (भिडियोसहित)

सिरिन्ज आक्रमणको अभियोगमा समातिएका सन्तोष कार्कीले आफूले सिरिन्‍ज नभइ रमाइलोका लागि  काँटीले घोचेको बयान  प्रहरीलाई दिएका छन्। 

तीन विधेयक पारित

प्रतिनिधिसभाले विनियोजन विधेयक अन्तर्गतका ३ वटा आश्रित विधेयकहरुलाई बहुमतले पारित गरेको छ।

एघार महिनामा देशको व्यापार घाटा १२ खर्ब 

देशको व्यापार घाटा चालु आर्थिक वर्षको ११ महिनामा १२ खर्व ११ अर्ब ९६ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

प्रचण्डले बहिष्कार गर्लान् मदन जयन्ती ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेता मदन भण्डारीको ६७ औं जयन्ती मनाउँदैछ।

असारे विकास : भेलसँगै बग्छ राज्यको अर्बाै‌ँ लगानी

अबौ खर्चिएका आयोजनाहरु केही निर्माणकै क्रममा थन्किएका छन् त केही वर्षदिन नपुग्दै पुरानै अवस्थामा फर्किएका छन् । जसले गर्दा असारे विकासबाट नागरिकले सेवा पाउन सकेका छैनन् ।

गच्छदारले पाए २ सय महासमिति र २५ हजार क्रियाशिल सदस्य

नेपाली कांग्रेसमा विलय भएको विजय गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसको २ सय महासमिति सदस्य दिइएको छ भने २५ हजारभन्दा बढी सक्रिय सदस्य दिइएको छ।

युवतीलाई बर्बर यातना दिने 'धर्तीमाता' बालाजुबाट पक्राउ

भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमातालाई प्रहरीले बाजालुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले शुक्रबार (आज) बिहान पक्राउ गरेको हो । 

राजस्व चुहावटमा ४ करोड मागदाबीसहित मुद्दा दायर

राजस्व चुहावट गरेको आरोपमा सागर एण्ड साधना विजनेस प्रालिविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौमा मुद्दा दायर गरेको छ।

अग्रिम भ्याट लिने व्यवस्था व्यवहारिक छैनः अडिटर्स एसोसिएसन 

अडिटर्स एसोसिएसन अफ नेपाल (अडान) का अध्यक्ष मोहनकुमार रेग्मीले सरकारले निर्माण व्यवसायीको क्षेत्रमा गरेको भ्याटको व्यवस्था अव्यवहारिक भएको बताएका छन्।

स्थानीय तहमा विवाद : अझै आउन सकेन बजेट

बजेट बिनियोजन र खर्चका विषयमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीचमा विवाद भएपछि कैलाली र कंचनपुरका चारवटा स्थानीय तहहरुले निर्धारित समयमा बजेट ल्याउन सकेनन्।  

ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरण’, उत्कृष्ट बुहारीलाई पुरस्कार !

पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरण’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा को नतिजा सार्वजनिक भएको छ।

गृहका सह–सचिवको गाडी लक गर्ने ट्राफिक सम्मानित

गृह मन्त्रालयका सह-सचिव रामकृष्ण सुवेदीको गाडीमाथि कारवाही गरेका ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । 

विवेकशील नेपालीको राष्ट्रिय नीति सम्मेलन रोल्पामा सुरु 
विवेकशील नेपाली पार्टीको नीति सम्मेलन रोल्पाको सदरमुकाम लिवाङमा सुरु भएको छ।

'सामुदायिक विद्यालयको नतिजा खस्कनुमा सरकार दोषी'

यस वर्षपनि सामुदायिक विद्यालयको नतिजा राम्रो आउन नसकेको भन्दै सरोकारवालापक्षले दुःख व्यक्त गरेका छन्। 

बाढीको जोखिममा दाङ, प्रशासनको ‘हाइ अलर्ट’

जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ। आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन्।

काठमाडौंमा 'सुई आतंक' मच्चाउने पक्राउ 

केहि सातादेखि राजधानीबासीलाई त्रसित बनाउने गरि मच्चिएको सूई आतंक काण्डमा संलग्न भएको आशंकामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ? 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार निश्चित विषयमा निश्चित ग्रेड ल्याए मात्र चाहेको विषय लिएर कक्षा ११ मा भर्ना हुन पाइनेछ ।

तस्बिरमा हेर्नुहोस् रोपाइँको चटारो

खेतखेतमा हली जौत्दैछन्, ब्याडे बिउ काड्दै छन् । लाठे बाउसे गर्दैछन् । रोपाहार छुपुछुपु धान रोप्दैछन् । बेलाबेला हिलो खेल्दै असारे भाकामा गीत गाउँदा उनीहरूले सबै थकान भुलेको महसुस हुन्छ ।

गाडीको ठक्करबाट महिलाको मृत्यु

खुटिया सडकमा स्कारपियोले च्यापेर एक महिलाको ज्यान गएको छ। अर्की एक महिला घाइते भएकी छिन्।

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

ब्राजिल घरेलु मैदानमा आयोजना भएको कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

डिएनए मेचिंगबाट डेटिङको व्यवस्था

जापानको एक कम्पनीले डिएनए रिर्पोटको मद्दतले र्पाटनरको खोजी गर्ने नँया व्यवस्था ल्याएको छ। जसलाई ‘स्पीड डेटिङ’ भनिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।