धनगढी - धनगढी–खुटिया सडकमा स्कारपियोले च्यापेर एक महिलाको ज्यान गएको छ। अर्की एक महिला घाइते भएकी छिन्। गोदावरी नगरपालिका वडा नम्वर ८ स्याउले नजिक धनगढी–खुटिया सडकखण्डमा से १ च १५३६ नम्वरको स्कारपियोले च्यापेर एक महिलाको मृत्यु भएको हो।
गोदावरी नगरपालिका वडा नम्वर ९ की मन्थरा खडायतको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो भने घटनामा घाइते भएकी सिमा विकको पदमा अस्पतालमा उपचार भइरहेको छ।
धनगढी-खुटिया सडक संघर्ष समितिका अध्यक्ष हेमवहादुर विष्टले मृतकका आफन्त समेत घटनास्थलमा नपुगि शव उठाएर लगिएको बताए। अहिले सम्म प्रहरीले घटनास्थलको मुचुल्का समेत नउठाएको उनले बताए। गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४