मंगलबार, साउन २६, २०८३

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०) को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका सहरमा सुरु भएको छ। सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गरे। सो सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका सहर आइपुगेका छन्। विश्वमा हाल कतिपय विषयको व्यापारमा प्रमुख औद्योगिक राष्ट्रहरुका बीचमा मतान्तर कायम रहेकै समयमा विश्वका ती औद्योगिक राष्ट्रहरुको उक्त समूहको सम्मेलन सुरु भएको हो।



अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका  प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन्। यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन्। प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिएका छन्। शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा भएको आक्रमणमा परी  आठ प्रहरीको मृत्यु हुनको साथै अन्य १६ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ।



सुडानको डार्फरमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकको म्याद अरु चार महिना थप्न सुरक्षा परिषदले स्वीकृति दिएको छ। राष्ट्रसंघ सुरक्षा परिषद्ले डार्फरमा युनामिडको म्याद आगामी अक्टोबर ३१ सम्म मात्र थप गरेको हो। यसअघि डार्फरमा तैनाथ शान्ति सेनाको म्याद एकएक वर्ष थप्ने गरिएको थियो। साथै, एक वर्षअघि शान्ति मिसनमा कार्यरत सैनिकको संख्या कटौती गर्ने निर्णय भए पनि त्यसलाई यथावत राखिएको छ।



दक्षिण अफ्रिकी सरकारले यसै महिना मोजाम्बिकसँगको सीमामा दुई जना मोजाम्बिकका प्रहरीको गोली हानी हत्या भएको घटनाप्रति छानबिन गर्ने जनाएको छ। दक्षिण अफ्रिकी मन्त्री ज्याक्सन मेथेम्बुले प्रिटोरियामा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाका बारेमा छलफल गर्न दक्षिण अफ्रिकी उच्चस्तरीय टोलीले मोजाम्बिकको भ्रमण गर्ने जानकारी दिए।



अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियामा आतङ्ककारीविरुद्ध प्रहरी गरेको कारबाहीको क्रममा हक्कानी सञ्जालका कम्तीमा छ सदस्य मारिएका छन्। प्रान्तीय प्रशासनले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ। पाक्टिया प्रान्तको गर्डिसिराई जिल्लामा जारी सुरक्षा कारबाहीको क्रममा तालिबान लडाकू समूहआवद्ध सात हक्कानी सञ्जालका सदस्यहरु  पक्राउ परेका पनि उक्त विज्ञप्तिमा जनाइएको छ।


 
इन्डोनेसियाको एउटा सैनिक हेलिकोप्टर शुक्रबार सम्पर्कविहीन भएको छ। उडेको केहीबेरमै १२ यात्रु बोकेको हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन्। सम्पर्कविहीन भएको हेलिकोप्टर पपुवाको ओक्सिबिलबाट सुदूरपश्चिम प्रान्त सेन्तानीतर्फ उठेको थियो। हेलिकोप्टरमा भएका सबै जना सैन्य दलका सदस्य रहेको पपुवाका सैनिक प्रवक्ता मोहम्मद एैडीले जानकारी दिए। उनका अनुसार हेलिकोप्टरमा बन्दोबस्तीका सामग्रीहरु पनि थिए। स्थानीय समय अनुसार शुक्रबार विहान ११ बजेर ४४ मिनेटमा हेलिकोप्टर उडेको थियो भने साढे एक घण्टामा सेन्तानीमा अवतरण गर्ने अपेक्षा गरिएको थियो। 



कंगोको दक्षिणी क्षेत्रमा सञ्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सञ्चालन गरिरहेको छ। ग्लेनकोरको सहायक कम्पनी कामोतो कपर कम्पनी (केसीसी) ले ती मजदुरलाई काममा लगाएको थियो।



संयुक्त राष्ट्रसंघका महासचिवले  जि-२० को ओशाका शिखर सम्मेलनले विश्वका मौसम परिवर्तनबाट पीडित मुलुक एवं खास क्षेत्रको भविष्यमाथि गम्भीर चिन्तन गर्न आवश्यक रहेको बताएका छन्। 



नेटोका रक्षामन्त्रीहरुको भेटघाटले विश्वमा बढ्दै गइरहेको अतिवाद र राष्ट्रिय सुरक्षाका अव्यवस्थित रणनीतिले विश्वमा सुरक्षा खतरा रहेको बताएका छन्।



फ्रान्समा हालसम्मकै गर्मीदिन रेकर्ड गरिएको छ। तापक्रम ४५ दशमलव १ डिग्री सेन्डिग्रेड मापन गरिएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।