मंगलबार, साउन २६, २०८३

'कम्युनिष्टको विकल्पमा राष्ट्रवादी शक्ति तयार'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टको विकल्पमा राष्ट्रवादी शक्ति तयार भएको दाबी गरेका छन्। राप्रपा (संयुक्त) का नेताहरुलार्इ पार्टीमा भित्र्याउँदै थापाले अब राष्ट्रवादी शक्तिले देशमा राजनीतिक परिवर्तन ल्याउने बताए। 

उनले पार्टीबाट चोइटिएका डा. प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर जबरालाई एकीकरणमा आउन आग्रह गर्दै एकीकरण नगरे उनीहरु सक्किएर जाने चेतावनीसमेत दिए। 
थापाले सरकारप्रति जनताको मोह भंग हुँदै गएको बताए। उनले नाममा लोकतन्त्र तर व्यवहारमा भने सर्वसत्तावाद तर्फ सरकार उन्मुख हुँदै गएको आरोप लगाए।

गरिबी र बेरोजगारीका वावजुद भ्रष्टाचार महारोगको रुपमा पछिल्लो समय देखिएको चर्चा गर्दै अध्यक्ष थापाले बीपीको विचार बोक्दा खुसी हुनुपर्नेमा उल्टो पिडा र छटपटी हुनु विडम्वना भएको बताए। कांग्रेस र कम्युनिष्टको वैचारिक असफलताको विरुद्धमा सम्बर्द्धनवादको वैचारिक दर्शन अब जनताको रोजाइ हुने थापाको दाबी छ।

राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश हुनुले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न शुभ संकेतको आरम्भको रुपमा लिएको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।