मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १७ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ। शुक्रबार सम्पन्न साधारण सभामा कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए।

अध्यक्ष केडियाल आर्थिक वर्ष २०७४/७५ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत रु १ अर्ब ७८ करोड ९३ लाख ३ हजार बीमा शुल्क आर्जन गरेको जानकारी गराए।

सभाले हाल कायम रहेको चुक्ता पूँजीको १५.४८४३३ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। सभाले आगामी ४ वर्षको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरुमा रतन लाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्