मंगलबार, साउन २६, २०८३

एघार महिनामा देशको व्यापार घाटा १२ खर्ब 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- देशको व्यापार घाटा चालु आर्थिक वर्षको ११ महिनामा १२ खर्व ११ अर्ब ९६ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

यो गत वर्षको सोही अवधिको तुलनामा १७.४० प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा व्यापार घाटा १० खर्व ३२ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो। 

पछिल्लो समयमा देशको निर्यात १८.१८ प्रतिशतले बढेर ८७ अर्ब ८३ करोड ४९ करोड पुगेको छ गत वर्षको सोही अवधिमा ७४ अर्ब ३२ करोड २ लाख रुपैयाँ रहेको थियो।

निर्यातसँगै देशमा आयातमा पनि १७.४५ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको एघार महिनामा आयात १२ खर्व ९९ अर्ब ८० करोड रहेको छ भने गत वर्ष ११ खर्ब ६ अर्ब ६४ करोड रहेको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार आयात निर्यात अनुपात १४.८ प्रतिशत रहेको छ गत वर्ष यो अनुपात १४.९ प्रतिशत रहेको थियो। यो अनुपात गत वर्षको तुलनामा ०.६१ अंकले घटेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।