काठमाडौं- डेनमार्क प्रधानमन्त्री लार्स लोकी रस्मोशेनको कार्यकाल शुक्रबार (आज) सकिएको छ।
सन् २०१५ जुन २८ मा चार वर्षे कार्यकालका लागि निर्वाचित प्रधानमन्त्री रमोशेनले एक दिनअघि बिहीबार नै सरकारी निवास छोडेका छन् त्यो पनि एउटा झोला लिएर।
शुक्रबारदेखि प्रधानमन्त्रीको जिम्मेवारी मेट्टे फ्रेड्रिक्सेनले सम्हालेकी छन्। ५५ वर्षीय रस्मोशेनको विदाईपछि ४१ वर्षीय फ्रेड्रिक्सेनले देश हाँक्नेछिन्।
आश्चर्य लाग्दो कुरा त निर्वतमान प्रधानमन्त्री रस्मोशेनले प्रधानमन्त्री कार्यालय छाड्दा एउटा झोला मात्रै बोकेर फर्किएका छन्।
उनी आफैले आफ्नो झोला बोकेर प्रधानमन्त्री कार्यालय छोडेको तस्बिर आफैले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन्।
निवर्तमान प्रधानमन्त्री रस्मोशेनले नव निर्वाचित प्रधानमन्त्री फ्रेड्रिक्सेनलाई कपडा उपहार दिएका छन्। साथै उनले फ्रेड्रिक्सेन उत्कृष्ट प्रधानमन्त्री बन्न सक्ने आफूलाई लागेको बताएका छन्।
उनले त्यसरी कार्यालय छोडेको देखेर धेरैले आश्चर्य व्यक्त गरेका छन्। लाभको पदमा बसेकाहरुले आफ्नो कार्यकालमा ठूलो धन सम्पत्ति जोड्ने भरियाहरु प्रयोग गरेर सामान ओसार्ने प्रवृत्तिका बीच उनले एउटा सामान्य झोलामै प्रधानमन्त्री कार्यालयको विदाई गरेको तस्बिरलाई धेरैले प्रेरणादायी कार्य भनेर प्रसंशा गरेका छन्।
नयाँ कार्यकालका लागि आएकी प्रधानमन्त्री फ्रेड्रिक्सेनले शुक्रबार नै १९ मन्त्री थपेर मन्त्रिपरिषद् गठन गर्दैछिन्। उनले सबै १९ जनाको नाम अमीनबोर्ग दरबार स्क्वाएरमा प्रस्तुत गरिसकेकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४