मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जि–२० शिखर सम्मेलन जापानमा सुरु, यस्ता छन् छलफलका विषय

जि–२० शिखर सम्मेलन जापानमा सुरु, यस्ता छन् छलफलका विषय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०) को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका सहरमा सुरु भएको छ । सो सम्मेलनको शुक्रबार जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक उद्घाटन गरे।

सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका सहर आइपुगेका छन्। विश्वमा हाल कतिपय विषयको व्यापारमा प्रमुख औद्योगिक राष्ट्रहरुका बीचमा मतान्तर कायम रहेकै समयमा विश्वका ती औद्योगिक राष्ट्रहरुको उक्त समूहको सम्मेलन सुरु भएको हो।

सम्मेलनका क्रममा विश्वको औद्योगिक उत्पादन, व्यापारिक मुद्धाहरु, महिला सशक्तिकरण तथा स्वास्थ्यका साथै विविध विषयहरुमा छलफल हुने बताइएको छ। यसका साथै उक्त सम्मेलनको पूर्व सन्ध्यामा विश्व बजारमा दुई मुलुक चीन र अमेरिकाका बीचको कर सम्बन्धी विवाद कायमै रहेकोले यस बारेमा वार्ताद्वारा समस्या सुल्झाउने प्रयास हुने अपेक्षा पनि गरिएको छ। 

त्यसैगरी विश्व अर्थतन्त्रमै करवृद्धिले नकारात्मक असर पर्न थालेको अनुमान गर्न थालिएकोले यस बारेमा ती दुई देशलाई वार्ताको माध्यमबाट समस्या सुल्झाउनका लागि विश्वका नेताहरुले सुझाव दिने अपेक्षा पनि गरिएको छ। जि–२० सम्मेलनमा औपचारिक सम्झौता हुने सम्भावना भने नरहेको अधिकारीहरु बताउँछन्। उनीहरुले दुबै मुलुकबीच जारी व्यापार वार्तासमेत केही समयदेखि अबरुद्ध रहेकाले यस विषयले गति लिन सक्ने अनुमान गरिएको बताएका छन्। 

समसामयिक विश्वका विषयहरु जस्तै जलवायु परिवर्तन, बुढ्यौली जनसंख्याको व्यवस्थापनलगायतका पनि यस सम्मेलनमा छलफल कार्यसूचीमा रहेका अनुमान गरिएको छ। विश्वका शक्ति सम्पन्न र औद्योगिक राष्ट्रहरु नै यस समूहका सदस्य रहेकोले जि–२० को यस सम्मेलनमा व्यापारका अतिरिक्त उत्तर कोरियाको विषयले पनि स्थान पाउने अनुमान गरिएको छ।

त्यस्तै इरान र भेनेजुएलाका विषयमा पनि यस सम्मेलनको प्रमुख कार्यसूचीमा रहेका बताइएको छ। सो सम्मेलनको पहिलो दिन मन्तव्य राख्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आफू पछिल्लो समयमा विश्वमा उठेको व्यापारिक विवादबाट गम्भीर भएको प्रतिक्रिया दिएका छन्। उनले यसै सम्मेलनबाट स्वतन्त्र तथा भेदभावरहित व्यापारको लागि वातावरण सिर्जना भएको सन्देश जानुपर्ने आफ्नो धारणा रहेको बताएका थिए।

सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि जापान पुगेका छन्। सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने प्रतिक्रिया दिएका थिए। अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र भएका देश हुन्। यी दुई देशबीच जारी व्यापार युद्धले विश्वका अरु देशहरुलाई पनि असर पारिरहेको बताइन्छ। 

त्यसैले जि–२० को यसपटकको शिखर बैठकको मुख्य कार्यसूची पनि यही नै रहने अनुमान गरिएको छ। जि–२० को शिखर सम्मेलनमा सहभागी नेताहरुले आ–आफ्ना देशबाट पनि यी विषयमा चासोहरु व्यक्त गरिरहेका छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले जापान प्रस्थान गर्नुअघि बिहीबार अमेरिकी  टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई अन्तर्वार्ता दिँदै अमेरिकी बजार खुम्चिएको र यसबाट चीनको अर्थतन्त्रमा पनि गिरावट आएको दाबी गरेका  थिए।
    
जापानी प्रधानमन्त्री आबेले विश्व अर्थतन्त्रका लागि पनि यीनै जि–२० का राष्ट्रहरु बढी जिम्मेवार हुनुपर्ने अवस्था रहेको भन्दै यसका लागि सबै नेताहरुलाई असल र सौहार्द औद्योगिक तथा व्यापारिक वातावरण निर्माण गर्न सबै नीतिहरु अपनाउन आह्वान गरेका छन्। विश्वमा व्यापारिक वातावरणको निर्माण गर्न, विश्व व्यापार संगठनमा सुधार गर्न र अहिलेको असहज परिस्थितिको छिटो निराकरण गर्न आफूले नेताहरुसँग वार्ता गर्ने पनि उनले बताए।
        
यस समूहमा विश्वका औद्योगिक राष्ट्रहरु र युरोपेली युनियन सदस्य रहेका छन्। विश्वका औद्योगिक तथा ठूला अर्थतन्त्रहरु समेटिएको यस समूहको स्थापना सन् १९९९ मा भएको हो। यस समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।