मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिरिन्ज होइन, रमाइलोका लागि काँटीले घोचेको ! (भिडियोसहित)

सिरिन्ज होइन, रमाइलोका लागि काँटीले घोचेको ! (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौंमा -  सिरिन्ज आक्रमणको अभियोगमा समातिएका सन्तोष कार्कीले आफूले सिरिन्‍ज नभइ रमाइलोका लागि  काँटीले घोचेको बयान  प्रहरीलाई दिएका छन्। 

प्रहरीले गए राति १२ बजे महाराजगंजबाट उनलाई समातेको हो। रामेछाप स्थायी घर भएका कार्कीलाई अनुसन्धानको क्रममा थुनामा राखिएको छ। कार्कीले आफू यस्तो आक्रमण संलग्‍न रहेको स्वीकारेका हुन्। 

महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार पक्राउ परेको सन्तोषको बोली व्यवहार सामान्य छैन। मानसिक सन्तुलन गुमाएर त्यस्तो गरेको हुनसक्‍ने आशंका गरिएको छ। तर सन्तोषको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको सिंहले बताए।

एसपी सिंहका अनुसार सन्तोषले रमाइलोका लागि आफूले त्यस्तो गरेको बयान दिएको छ। उसले सिरिन्ज नभएर ढलान किल्ला घोचेर भाग्‍ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसबारेमा प्रहरीले विस्तृत अनुसन्धान थालेको सिंहले नेपाल समयसँग बताए। 

राजधानीका विभिन्‍न ठाउँमा शृखंलावद्ध रुपमा सिरिन्ज आक्रमण भएको खबरसँगै राजधानीमा त्रास फैलिएको छ। प्रहरीले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरी विशेष अप्रेशन थालेको थियो। 

प्रहरीले  शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यकामा युवतीमाथि शृङ्खलाबद्ध तिखो वस्तुले आक्रमणमा गर्ने सन्तोषलाई सार्वजनिक गरेको हो। महाराजगञ्जबाट बिहीबार राति ३० वर्षीय सन्तोष कार्कीलाइ सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको थियो। 

काठमाडौंमा अहिलेसम्म ६ जना युवतीमाथि यस्तो आक्रमण भएको छ। उनीहरुको रगत परीक्षणको रिपोर्ट आइ नसकेकोले सिरिन्ज आक्रमण नै भनेर किटान गर्ने अवस्था नरहेको सिंहले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।