काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा को नतिजा सार्वजनिक भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण भएका छन् ।
बिहीबार राति इपीएस कोरिया परीक्षाको नतिजा सार्वजनिक भएको हो । कोरियन भाषाको परीक्षा गत जेठ २५ र २६ गते लिइएको थियो । सो परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए ।
जसमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ । पछिल्लो १ दशकदेखि कोरियाले नेपाली कामदारलाई ईपीएस प्रणालीमार्फत लैजाने गरेको छ ।
वैदेशिक रोजगार विभागका इपीएस विभाका निर्देशक कृष्ण खनालले कोरियाले रिजल्ट निस्किएको जानकारी गराए।
इपीएसको रिजल्ट हेर्न क्लीक गर्नुस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४