मंगलबार, साउन २६, २०८३

गृहका सह–सचिवको गाडी लक गर्ने ट्राफिक सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- गृह मन्त्रालयका सह-सचिवको गाडीमाथि कारवाही गरेका ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । 

अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा ट्राफिक प्रहरी जवान टिकाराम बुढाले कारबाही गरेका हुन् । उनले गाडी लक गर्नुका साथै एक हजारको चिट काटेका थिए ।

गृहकै सह सचिवको गाडीलाई कारबाही गरेपछि ट्राफिक प्रहरी जवान बुढालाई सडकमै युवाहरुले सम्मान गरेका हुन् । पद र शक्तिको भेद नगरी गल्ती गर्ने सबैलाई समान हिसावले कारबाही गरेको भन्दै उनलाई युवाहरुले सडकमै  दोसल्ला ओढाएर सम्मान गरेका हुन् । 

पार्किङ गर्न निषेध गरिएको स्थानमा गाडी रोकेर उनीहरु खाना खान गएका थिए । सोही समय प्रहरीले गाडीमा लक लगाएको थियो । 

ह्वील लक गरेपछि चर्को दबाबमा केही समयमै अनलक गरेका थिए । तर उनले एक हजार रुपैयाँको चिट भने काटेका थिए । 

ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न भनेका थिए । तर उनले गाडी लक गर्नुका साथै एक हजारको चिटसमेत काटेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।