काठमाडौँ- केहि सातादेखि राजधानीबासीलाई त्रसित बनाउने गरि मच्चिएको 'सुई आतंक' काण्डमा संलग्न भएको आशंकामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट उपत्यकामा ‘सुई आतंक’ मचाउने व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ ।
केहि यूवतीहरुले आफूहरुमाथि सुई आक्रमण भएको भन्दै उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।
कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ। उनले रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन् । उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन्। प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
केही सातादेखि काठमाडौं उपत्यका लगायत बनेपामा समेत ‘सुई आतंक’ मच्चिपछि प्रहरी अपराधी खोज्न सक्रिय बनेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४