मंगलबार, साउन २६, २०८३

विप्लवका गतिविधि नियन्त्रण हुन्छ : सरकार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लवको गतिविधि नियन्त्रण गर्ने सरकारले दोहोर्‍याएको छ। नेपाल सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले सरकारले विप्लव समूहका गतिविधि नियन्त्रण गरेरै छाड्ने दाबी गरे।
 
मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले विप्लव समूहसँग सरकारले निरन्तर वार्तागरेपनि हिंसात्मक बाटोमा अगाडि बढेकाले उसका गतिविधि नियन्त्रण गर्ने बताएका हुन्।  

विप्लव समूह प्रतिक्रान्ति, हिंसात्मक बाटोमा अगाडि बढेको र समाजमा आतंक फैलाएको र देशलाई सधै गरिब राष्ट्र बनाउने बाटोमा अगाडि बढेकोले शान्ती सुरक्षा कायम गर्न र संविधानको रक्षा गर्न उसका गतिविधि माथि नियन्त्रण लगाइएको बाँस्कोटाले बताए।

सरकारले विप्लव समूहसँग वार्ता गरि समाधान खोज्न सांसद सोम प्रसाद पाण्डेको संयोजकत्वमा अधिकार सम्पन्न वार्ता टोली गठन गरेको थियो। विप्लव समूहले उक्त सरकारी वार्ता टोलीसँग वार्ताको औचित्य नभएको भन्दै वार्तामा आएको थिएन।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।