काठमाडौं- नायिका करिष्मा मानन्धरले एसईई परीक्षामा जीपीए ३ ल्याएकी छन्।
उनले सबैभन्दा बढी ऐच्छिक तथ्यांक शास्त्रमा ४ जीपीए ल्याएकी छन् भने सबैभन्दा कम अनिवार्य गणितमा जम्मा २ जीपीए ल्याएकी छन्।
उनले काठमाडौंको डिल्ली बजारस्थित विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन्।
यस्तो छ उनको मार्कसिट
त्यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सचेतक शान्ता चौधरीले एसइईमा ग्रेड बी ल्याउन सफल भएकी छन्। उनले दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित तुलसीपुर माध्यामिक विद्यालय केन्द्रबाट परीक्षा दिएकी थिइन्।
यस्ताे छ शान्ता चाैधरीकाे मार्कसिट
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४