मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘धर्ती माता’ को हुन् ? युवती कुटेपछि भाइरल माताको यस्तो कथा

‘धर्ती माता’ को हुन् ? युवती कुटेपछि भाइरल माताको यस्तो कथा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ‘रेसुङ्गामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन्।

धर्ती माताले २०७७ सालसम्म नेपालमा विनास आउने दाबी पनि गरेकी छिन्। २०८९ सालमा नयाँ अवतार आउने पनि माताको कथन छ।

‘म ज्ञान दिँदै हिँडेकी छु। २०७७ सालपछि देशमा विनास आउनेछ। भगवानको आदेशअनुसार काम गर्दैछु।’ उनले भनिन्, ‘नदी नालाले मान्छेलाई लान्छ। पृथ्वी हल्लिरहेको छ। तीन चार महिनाभित्र ठूलै हत्याको घटना हुन्छ। २०७९ सालसम्म कलीको तहसनहस र विनासको काम हुनेछ।’ माताको भनाई।

धर्ती माताको यस्तो भनाइहरु रहेका एक दर्जन जति भिडियो युट्युबमा देख्न पाइन्छ।

उनले एउटा युट्युवरलाई आगामी दिनमा तीजको गीत निकाल्ने तयारीमा रहेको पनि बताएकी छिन्। र, नारायणी क्षेत्रमा ठूलै ध्यान गर्ने तयारीमा छिन्।

उनले आफुले विभिन्न रोगीलाई निको पारेको प्रचार गर्छिन्। ‘बच्चा नभएका, हातखुटा लुला भएका, पोल्ने, सुगर, प्रेसर जस्ताका विरामीलाई ठिक गर्छु।’ उनी भन्छिन्।

बुटबल घर भएकी विष्णु कुँवर अर्थात् धर्ती माता पहिले कलाकार थिइन्। उनी कलाकारितामा जम्न नसकेपछि माता बनेर युट्युवमा पहिलेदेखि नै चर्चामा रहेकी थिइन्। पछिल्लो काण्डबाट उनी अहिले फेसबुकतिर पनि चर्चामा छिन्।

एक युवतीलाई बोक्सी भन्दै भद्रकाली मन्दिरमा कुटेको भिडियो फेसबुकमा भाइरल भएपछि उनी थप चर्चामा आएकी हुन्।

विहीबारदेखि उनी प्रहरीको खोजीमा परेकी छिन्।

काठमाडौ प्रहरी परिसरले उनलाई खोजी गर्न थालेको छ। प्रहरीसँग फोन सम्पर्कमा आएकी धर्ती माता प्रहरी कार्यालयमा आउन तयार भएकी छैनन्।

तर, प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको छ। तर, हालसम्म प्रहरीमा उनीविरुद्ध कुनै उजुरी नपरेकोले पक्राउ गर्न समस्या हुने टेकुका डीएसपी हविन्द्र बोगटीले बताएका छन्।

बोगटीले फेसबुकमा देखिएका पीडित युवतीसहित अन्य पीडितहरुलाई पनि धर्ती माताविरुद्ध उजुरी दिन आग्रह गरेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।