मंगलबार, साउन २६, २०८३

घुससहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा    

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले घुस रकमसहित उनीहरुलाई पक्राउ गरेको हो।

आयोगको टोलीले कार्यालयका डिभिजन अधिकृत अजित कुमार श्रिवास्तव र ईन्जिनियर तथा सूचना अधिकारी ग्रिस्मा ठगुन्नालाई दुई लाख घुस रकम सहित बिहीबार पक्राउ गरेको हो।

भीमदत्त नगरपालिका -१९ को चौधर नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष मिलन सिंहसँग दुई लाख घुस मागेको र उनले घुस बापतको रकम कार्यालयमा बुझाउने क्रममा पक्राउ गरिएको अख्तियारको कञ्चनपुर कार्यालयले जनाएको छ।

नगद सहित पक्राउ परेका उनीहरूलाई थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय पठाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।