धादिङ- सडकमाथिबाट आएको बालुवाखानीको लेदोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । धादिङ प्रहरीका अनुसार करिब साढे ९ बजेबाट सडक खुलेको हो।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेपछि सडक अवरूद्ध भएको थियो । सो लेदोमा केही सवारीसाधन समेत फँसेका थिए ।
राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमार्गमा डोजर लगाएका थिए। बिहानै देखि सुरक्षाकर्मीसहित स्थानीयहरुले बाटो खुलाउने प्रयास गरेका थिए ।
सडक अवरुद्ध हुँदा १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका थिए । रात्रिसेवाका गाडीहरु रोकिदा यात्रुहरुको विचल्ली भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४