मंगलबार, साउन २६, २०८३

उपत्यकाका सबै विश्व सम्पदा ‘खतराको सूची’ मा !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौं उपत्यकाका सबै विश्व सम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ ।

प्रस्तावबारे युनेस्कोको आगामी जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने ४३औं सेसनमा छलफल हुने भएको छ । 

प्रस्ताव पारित भए काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदामा सूचीकृत क्षेत्रहरूको अन्तर्राष्ट्रिय पहिचान संकटमा पर्न सक्ने चिन्ता पुरातत्त्व विभाग स्रोतले व्यक्त गरेको छ । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण मन्दिर क्षेत्र विश्व सम्पदामा छन् ।

कान्तिपुरका अनुसार युनेस्कोले उपत्यकामा भूकम्पमा क्षतिग्रस्त पुरातात्त्विक दरबार र मन्दिर पुनर्निर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको, पशुपतिनाथ क्षेत्रको बीचबाट सडक खोलेको, कंक्रिटको संरचना बनाएको उल्लेख गर्दै खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो ।

युनेस्कोले सरकारलाई उपत्यकाका सम्पदा खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको थियो । तीन वर्षअघिसमेत यस्तो प्रस्ताव सेसनमा राखेकोमा अस्वीकृत भएको थियो ।

काठमाडौं उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदामा सूचीकृत छन् । युनेस्कोले ती सम्पदामाथि भने कुनै प्रश्न उठाएको छैन ।

विश्व सम्पदामा सूचीकृत हुने सम्पदाको विश्व पर्यटन बजारमा विशेष महत्त्व हुन्छ । अर्कातिर युनेस्कोबाट सहयोगसमेत प्राप्त हुन्छ । एकपटक खतराको सूचीमा परिसकेपछि त्यसबाट पुनः विश्व सम्पदा सूचीमा फर्कन समस्या हुने संस्कृति मन्त्रालयकैअधिकारी बताउँछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालका तर्फबाट भूकम्पमा क्षतिग्रस्त सम्पदा पुनर्निर्माणको प्रगति र पशुपतिनाथलगायत सम्पदा क्षेत्रमा अतिक्रमण रोक्ने काम भएकोबारे सेसनमा जानकारी गराएपछि खतराको सूचीमा राख्ने प्रस्ताव फिर्ता हुने विश्वास व्यक्त गरेका छन् ।

युनेस्कोको ४३औं सेसनमा सहभागी हुन सचिव सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजान जाँदै छन् । प्रमण्डलमा पुरातत्त्व विभागका महानिर्देशकलगायत अधिकारी रहने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।