चितवन- चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार साँझ ६ बजे ना ५३ प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो । दुर्घटनामा परि दुबै मोटरसाइकलका चालकहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घनामा गम्भीर घाइते भएका ना ५३ प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग ९ प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४