मंगलबार, साउन २६, २०८३

राति केटि भेट्न गएका युवाकाे  कुटपिटबाट हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सप्तरी- आफ्नो केटि साथी भेट्न गएका एक युवकलाई स्थानीय युवाहरुले कुटपिट गरि हत्या गरेका छन् ।  

सप्तरीको राजबिराजमा भएको कुटपिटबाट २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्या भएको प्रहरीले जनाएको छ ।  उनी केटी साथी भेटन खर्साल टोल गएका बेला सोमबार राति  कुटपिट गरिएको थियो ।  

बिराजी तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गर्ने गर्थे । उनी स्कुलको छात्रावास वार्डेनका रुपमा समेत कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । 

सोमबार राति कुटपिटबाट घाइते भएको अवस्थामा प्रहरीले राजविराज–६ खर्साल टोलबाट उद्धार गरी गजेन्द्रनारायणसिंह अस्पताल भर्ना गराएको थियो । 

त्यहाँ उपचार हुन नसकेपछि बुधबार बिहान नोबेल अस्पताल विराटनगर पुर्‍याइएको र उनको बुधबार दिउँसो मृत्यु भएको मृतकका बुबा उपेन्द्र यादवले जानकारी दिए । मृतकका बुबाले हत्यामा संलग्न भएको आरोपमा बुधबार नै ९ जना विरुद्ध उजूरी दिएका छन् । 

हत्याबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको र आरोपितको खोजीकार्य तीव्रताका साथ भइरहेको प्रहरी उपरीक्षक यादवले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।