काठमाडौं- गएको चैत महिनामा भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज (बिहीबार) सार्वजनिक हुने भएको छ ।
बुधबार नै सार्वजनिक गर्ने भनिए पनि प्राविधिक त्रुटि देखापरेपछि आज नतिजा प्रकाशन गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
एसइईको नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ । नतिजा सार्वजनिक गर्नका लागि दिउँसो १ बजे बोर्डको बैठक डाकिएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । साधारणतया बोर्ड बैठक बसेपछि लगत्तै नतिजा प्रकाशन हुन्छ ।
यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले गदर्न नतिजा अलि ढिला गरि प्रकाशन गरिएको उनले बताए ।
विगतमा जेठ मसान्तदेखि १–२ असारभित्रै एसइईको नतिजा प्रकाशन हुने गर्थ्यो । प्रदेश २ बाहेक सबै ठाउँमा १०-२१ चैतसम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश २ मा भने बाँकी विषयको २२ देखि २९ चैतसम्म पुनः परीक्षा भएको थियो ।
यस वर्षको एसईई परिक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए। यसवर्ष सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी सहभागी भएका थिए ।
यस वर्षको एसईई परीक्षामा नियमितर्फ सबैभन्दा धेरै प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् ।
त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिएका थिए ।
अघिल्लो वर्षको तुलनामा एसईई दिने विद्यार्थीको संख्या यो वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम सहभागी भएका थिए ।
यी माध्यमबाट हेर्न सकिन्छ नतिजा
