मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटनमन्‍‍त्री रवीन्द्र चढेको हेलिकोप्टर दुर्घटनाको कारण यस्तो छ

पर्यटनमन्‍‍त्री रवीन्द्र चढेको हेलिकोप्टर दुर्घटनाको कारण यस्तो छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको कारण हिमाली आँधी रहेको पाइएको छ।

ताप्लेजुङको पाथिभराबाट काठमाडौं फर्किने क्रममा गत फागुन १५ गते फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाको कारण हिमाली आँधी रहेको छानबिन समितिले ठहर गरेको हो।

एयर डाइनेस्टीको ‘९ एन–एएमआई–एसएस ३५० बी ३ इ’ हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा मन्त्री अधिकारीसहितनेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो।

दुर्घटनापछि छानबिन गर्न गठित प्रतिवेदनमा पाथिभराबाट उडान भरेको केही समयमै मौसममा खराबी आएकाले दुर्घटना हुन पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

मौसम खराब भएपछि पाइलटले सुरक्षित ठाउँमा लैजान नपाउँदै हिमाली आँधी आएपछि दुर्घटना भएको छानबिन समितिको ठहर छ। 

अधिकारी सवार हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न गत फागुन २२ गते सरकारले पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन समेत गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।