अमेरिकी डेमोक्रयाटिक पार्टीका शिर्षस्थ नेताहरुले अन्य मुलुकबाट मेक्सिकोको बाटो भएर अमेरिका प्रवेश गर्ने हजारौं आप्रवासी बालबालिकाहरु अमेरिका–मेक्सिको सीमा क्षेत्रमा अलपत्र परेका कारण उनीहरुको स्याहार, भरणपोषण जीवनरक्षाका खातिर ४ दशमलव ५ अर्ब अमेरिकी डलरको आवश्यकता रहेको बताएका छन्। उक्त रकम ती आप्रवासीहरुको आधारभूत मानवअधिकार रक्षाका लागि खर्च गरिने बताएका छन्।
अमेरिकी सहर सानफ्रान्सिस्कोले अमेरिकामै पहिलो पटक विद्युतीय धुम्रपानका साधनहरुको विक्रिवितरणमा रोक लगाएको छ।
इरान र फ्रान्सले अमेरिका इरानसँगको शान्तिवार्ता प्रति गैह्र जिम्मेवार भएको बताएका छन्। पछिल्लो चरणमा अमेरिकाले आफ्नो गुप्तचर ड्रोन इरानी अन्तर्राष्ट्रिय सीमा पारी गस्ती गरेको भन्दै इरानले उक्त ड्रोनलाई क्षेप्यास्त्रद्वारा ध्वस्त पारिदिएको थियो।
अमेरिका प्रवेश गर्ने एक आप्रवासी परिवारका बुबाछोरी एक फोहर पानीको दहमा डुबेर मृत्यु भएको फोटो अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमहरुमा छाएपछि अन्तर्राष्ट्रिय समुदायले गम्भीर सम्वेदनशीलता देखाएको छ।
चिनीयाँ राष्ट्रपति शि जिनपिङले चिनीयाँ र जापानी युवाहरुबीच दुईपक्षीय सम्बन्ध सुदृढ गर्दै लानुपर्ने बताएका छन्। उनका अनुसार यदी दुबै मुलुकका युवाहरु यकत्रित भएर मित्रताको नयाँ श्रृङ्खला सुरु गर्ने हो भने एसिया प्रसान्त क्षेत्रमै ठुलो उदाहरण बन्न जाने छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अनौपचारिक रुपमा दक्षिण एसियाको भ्रमण थालेका छन्। त्यसक्रममा उनी मंगलबार अफ्गानी राजधानी काबुल पुगेका थिए। काबुल पछि उनी नयाँ दिल्ली जाने कार्यक्रम छ।
इजरायली राजधानी जेरुसेलममा अमेरिकी, रुसी र इजरायली सुरक्षा विज्ञहरुको त्रिपक्षीय सुरक्षा सम्मेलन सम्पन्न भएको छ। तिनले क्षेत्रीय सुरक्षा, मानवअधिकार, लोकतन्त्र एवं आतंकवादसँग जोडिएका विविध मुद्दाहरुमा जमेर छलफल गरेका छन्। उक्त छलफल एउटा जन्मिँदै मृत रहेको शिशुसरह भएको प्यालेस्टाइनहरुले बताएका छन्।
अमेरिकाद्वारा प्रायोजित समृद्धीका लागि शान्ति विषयक एउटा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी वहराइनको राजधानी मनामामा सम्पन्न भएको कुरा एक वरिष्ठ प्यालेस्टाइन अधिकारीले जनाएका छन्।
पाकिस्तानी पञ्जाब प्रान्तमा पाँचजना विद्रोही लडाकु र एकजना सुरक्षा अधिकारीको एक भिडन्तमा मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।
जापानी प्रधानमन्त्री सिन्जो आवे र फ्रान्सेली राष्ट्रपति इमानुयल माक्रोंले पाँच वर्षीय द्वीपक्षीय सुरक्षा एवं पूर्वाधार विकाससँग सम्बन्धित मार्गचित्र सार्वजनिक गरेका छन्। यस सम्झौताले फ्रयाङ्को जापान सम्बन्ध थप मजबुत हुने रणनीतिकारहरुले बताएका छन्।
