शनिबार, चैत ११, २०७९

मुद्रण उद्योगी पुस्तकमा दश प्रतिशत करको पक्षमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं- मुद्रण उद्योग तथा यस व्यवसायसंग सम्बन्धित व्यवसायीहरुले विदेश छपाई गरी नेपाल आयात गरिने पुस्तकहरुमा १० प्रतिशत भन्सार महसुल गाउने व्यवस्था अनिवार्य कार्यन्वयन गर्नुपर्ने माग गरेका छन्।

सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ देखि लागू हुनेगरी विदेशबाट आयात गर्ने पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने निर्णयको विरोध भईरहेका बेला मुद्रण व्यवसायीले निर्णय कार्यान्वयनको माग गरेका हुन्।

मुद्रण व्यवसायीले उच्च गुणस्तरको छपाई नेपालमै सम्भव भईसकेको र विदेशी प्रकाशनका पुस्तक नेपालमा छाप्न सके ५० प्रतिशत सस्तो पर्नुको साथै थप रोजगारी पनि श्रृजना हुने भन्दै निर्णय कार्यान्वयन हुनुपर्ने अडान लिएका छन्। 

मुद्रणसंग सम्बन्धित विभिन्न ६ वटा संघ संस्थाले बुधबार राजधानीमा सयुक्त पत्रकार सम्मेलन गरी सरकारको निर्णयको विरोधप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय कार्यान्वयनको माग गरेका हुन्।

संविधानको मौलिक हक अन्र्तगत राखेर निशुल्क शिक्षाको व्यवस्था गरिरहँदा किताबमा कर लगाउने निर्णय गरेर शिक्षा र ज्ञान आर्जनमा अवरोध श्रृजना गर्न खोजिएको भन्दै विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने सरकारको निर्णयको सदनदेखि सडकसम्म विरोध हुदै आएको छ।
 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।