मंगलबार, साउन २६, २०८३

मिडिया काउन्सिल विधेयकको विरोधमा कार्टून प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक फिर्ताको माग गर्दै कार्टून प्रर्दशनी गरेको छ।

राजधानी काठमाडौंको बसन्तपुर डबलीमा महासंघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल लगायत विधेयकको विरोधमा कार्टून प्रर्दशनीको आयोजना गरेको हो। 

सरकारले दर्ता गराएको विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतताको हनन हुने भन्दै महासंघले विरोध गर्दै आएको छ। 

विहिबार बसन्तपुर डबलीमा आयोजना गरिएको कार्टून प्रर्दशनीमा सर्पले कलम टोक्न लागेको, मिडिया काउन्सिल विधेयक लेखिएको सिंहमाथि मान्छेको आकृति जस्तो बसेर ‘डराउनुपर्दैन घाँसपात खुवाउन ल्याएको हो’ भन्दै पत्रकारलाई लखेटेको, राष्ट्रको प्रथम अंगले चौथो अंग प्रेसलाई कुल्चीएको, त्यसरी प्रेसलाई कुल्चिदाँ दोश्रो अंगले मुख थुनेको र तेश्रो अंगले आँखा छोपेका काटुर्नहरु राखिएको थियो। 

त्यसैगरी अभिव्यक्ति स्वतन्त्रता बन्दुकको निशानामा परेको, सार्वजनिक संस्थाका सुचनाहरुमा लगाईएको नियन्त्रण लगायत विषयमा दर्जन बढी कार्टूनहरु राखिएको थियो। 

कार्यक्रमलाई सम्बोधन गर्दे महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुनहरु फिर्ता नहुन्जेल महासंघको आन्दोलन जारी रहने चेतावनी दिए। 

उनले अत्यन्तै गम्भीर परिस्थितिमा मात्रै पत्रकार र स्रष्टाहरु सडकमा आउने गरेको स्मरण गर्दे अभिव्यक्ति स्वतन्त्रता हरण विरुद्ध आन्दोलनमा उत्रन नागरिक समाज र कलम जीवीहरुलाई आग्रह गरे।

कार्यक्रममा स्रष्टाहरुले सरकारको कार्यशैलीविरुद्ध व्यंग्यात्मक कविता सुनाएका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।