मंगलबार, साउन २६, २०८३

ज्ञानोदय माविलाई भवन हस्तान्तरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बाफलस्थित ज्ञानोदय माविको नवनिर्मित भवन बुधबार विद्यालयलाई हस्तान्तरण गरिएको छ। विद्यालयमा आयोजित एक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भवन उद्घाटन गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले मुलुकका सबै सामुदायिक स्कुल ज्ञानोदयजस्तै नमुना बनाउनुपर्ने बताए। उनले २०७६–८५ लाई सामुदायिक विद्यालय सशक्तीकरण दशक घोषणा गरिएको बताए । मन्त्री पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई प्रविधिमैत्री प्रणाली कायम गर्न निर्देशन दिए ।

कार्यक्रममा भवन निर्माणका ठेकेदार भ्याली कन्स्ट्रक्सनका रवीन्द्र महर्जनले विद्यालयको साँचो जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख युवराज पौडेललाई हस्तातरण गरेका थिए । यस्तै पौडेलले कामनपा १३ का वडाध्यक्ष ध्रुवनारायण महर्जनलाई र उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर्मिला मालीलाई भवनको साँचो हस्तान्तरण गरेका थिए।

उक्त भवन एसियाली विकास बैंकको आर्थिक सहयोग तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइको संयोजनमा ५ करोड ३५ लाख लागतमा बनेको हो। भवनमा ३६ कोठा छन्। समारोहमा १३ नम्बरका वडाध्यक्ष मानन्धर, बालसाहित्यकार शान्तदास मानन्धर, मूर्तिकार विजय महर्जन, तेक्वान्दो खेलाडी आयशा लामालागयतलाई सम्मान गरिएको थियो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।