मंगलबार, साउन २६, २०८३

पत्रकार संगीत श्रोता गिरफ्तार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पत्रकार संगीत श्रोतालाई प्रहरीले गिरफ्तार गरेको छ।

बुधबार प्रदर्शनी मार्गबाट गिरफ्तार भएका कविसमेत रहेका पत्रकार संगीत श्रोतालाई केहीबेरमा छोडेको छ।

संगीत श्रोतासँग पक्राउ परेका ‘रसुवाली कवि’ ठाकुरप्रसाद तिमिल्सेना पनि छुटेका छन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा संलग्न रहेको आरोपमा रसुवाली कवि पक्राउ परेका थिए। रसुवाली कविसँगै रहेका श्रोता भुलबश पक्राउ परेको प्रहरीले जनाएको छ।

दुबै जनालाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापासहितको रोहबरमा प्रहरीले छाडेको छ।

दुईजनालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुर्याएलगत्तै पत्रकार महासंघको टोली पुगेको थियो।

कवि तथा गीतकारसमेत रहेका पत्रकार संगीत श्रोता नयाँ पत्रिका दैनिकमा कार्यरत छन्।

रसुवाली कवि विप्लव कार्यकर्ता भएको आरोपमा यसअिघ पनि पक्राउ परेका थिए। उनी करिब तीन साताभन्दा बढी प्रहरी हिरासतमा बसेर छुटेका थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।