काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको काममा बाधा पुर्याउने उद्देश्यले सरकार पुर्नगठनको हल्ला फिँजाईएको बताएका छन्।
बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले सरकारलाई कमजोर बनाउन पुर्नगठनको अफवाह फैलाईएको दाबी गरे।
वर्तमान सरकारले राम्रा कामहरु गरेको भन्दै उनले सरकारलाई कमजोर पार्न विभिन्न वहानामा चौतर्फी घेरावन्दी गर्न खोज्नेहरु सफल नहुने बताए।
उनले भागवण्डाको लागि पार्टी एकता नभएकाले वर्तमान सरकारकै निरन्तरता हुने दाबी पनि गरे।
मन्त्री महासेठले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र महेन्द्र राजमार्ग विस्तार लगायतका महत्वपूर्ण आयोजनाहरु निर्धारित समय अगावै सम्पन्न गरिने दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४