मंगलबार, साउन २६, २०८३

गुठीको अतिक्रमण हटाउन जुटे स्थानीय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – जनकपुरमा गुठी संस्थानको सार्वजनिक जग्गा अतिक्रमण गरिएका जग्गा संरक्षण गर्न स्थानीयवासी जुटेका छन्। जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २३ मा गुठी संस्थान मातहत रहेको बेला कुट्टीको अतिक्रमण भएको जग्गा स्थानीयहरुले बुधबार खाली गराएका छन्।

विश्वभारतीय फाउन्डेसन नामक संस्थाले कुट्टीको जग्गा अतिक्रमण गरी बनाएको घरटहराहरु स्थानीयहरुले तोडफोड गरेर हटाएका छन्। कुट्टीको जग्गा अतिक्रमण गरी फाउन्डेसनले घर निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले तोडफोड गरी हटाएका हुन्।

बेला कुट्टी अधिनस्त रहेको करिब १२ बिघा जग्गाबाट फाउन्डेसनले साढे एक बिघा जग्गा अतिक्रमण गरेको स्थानीय जनकपुर युथ क्लबका पूर्वअध्यक्ष चन्दन रायले बताए। फाउन्डेसनले विद्यालय सञ्चालन गर्ने भनेर निर्माण गरेको जग्गामा बासस्थान बनाइसकेको भन्दै स्थानीयले अतिक्रमण हटाएर गुठी संस्थानको जग्गा संरक्षण गर्न यो कदम उठाउनु परेको बताए।

यसअघि कुट्टीको जग्गा सयकडौं मानिसले कब्जा गरी गैरकानुनी रुपमा घर बनाइसकेको बताउँदै उनले बाँकी रहेका जग्गामा समेत अनाधिकृत रुपमा घर निर्माण सुरु हुनलाग्दा स्थानीयले रोक्ने प्रयास गरेको उल्लेख गरे।

वडाअध्यक्ष शत्रुधन पाण्डेयले कुट्टीको जग्गा कब्जा गरी झण्डै १३७ घर टहरा निर्माण भइसकेको बताए। केही व्यक्तिहरुले गुठी संस्थानलाई आफ्नो प्रभावमा पारी जग्गा अतिक्रमण गरेको उनको भनाइ छ । 

स्थानीयहरुले गुठीको जग्गा संरक्षण गर्ने उद्देश्यले संरक्षण समिति समेत गठन गरेका छन्। वडा अध्यक्ष पाण्डेयसहित समाजका विभिन्न व्यक्तिहरुको उपस्थितिमा बसेको भेलाले जनकपुर युथ क्लबका पूर्वअध्यक्ष रायको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ। समितिलाई जग्गा संरक्षण गर्नेसम्बन्धी सम्बन्धी अधिकार दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।