मंगलबार, साउन २६, २०८३

'सतप्रतिशतलाई भागवण्डा मिलाउन सकिँदैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि सतप्रतिशतलाई भागवण्डा गर्न नसकिने बताएका छन्।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताए। संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशिल विषय भएपछि तत्काल सतप्रतिशतलाई भागवण्डा गर्न सक्ने अवस्था नरहेको उनले स्पष्ट पारे।

प्रदेश र स्थानीय तहका एक एक पदलाई लिएर कुनै पनि धारणामा अडिक नरहन पनि मन्त्री पण्डितले आग्रह गरे।

उनले भने 'यो बडो सेन्सेटिभ विषय पनि हो। अहिले सयमा सय प्रतिशतलाई भागवण्डा गरेर जान सकिने स्थिति छैन। ५५ र ४५ को भित्र व्यापक छलफल गरेर प्रतिशत निर्धारण गरेर सहमतिमा पुग्न सक्यौं त्यत्ति राम्रो हुन्छ। धेरै यसमा वादविवाद र धेरै तितो पिरो गरेर जानुपर्ने स्थिति छैन। यसमा धेरै रिजिट बन्नुपर्ने स्थिति पनि छैन।'

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा ८ अन्तर्गत संघीय निजामती सेवाको पदपूर्तिको विषयमा समितिले विभागीय मन्त्रालयसँग छलफल गरेको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।