मंगलबार, साउन २६, २०८३

महिलालाई निःशुल्क लोकसेवा कक्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रदेश २ सरकारले महिलाहरुको लागि लोकसेवा तयारीको निःशुल्क कक्षा सञ्चालनमा ल्याएको छ।

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेश सरकारले महिलाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षाको सुरुवात गरेको हो।

जनकपुरधाम–४ स्थित राजर्षीजनक क्याम्पसमा बुधबार एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले कक्षाको उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकार समाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताए। सरकारी सेवामा महिलाहरुको पहुँच बढाउन प्रदेश सरकारले निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको उनको भनाइ थियो।

‘महिलाहरु सशक्त नभएसम्म समाजिक रुपान्तरण सम्भव छैन र समाजिक रुपान्तरण नभएसम्म प्रदेश समृद्ध हुन नसक्ने यथार्थ हामीले बुझेका छौं,’ मुख्यमन्त्री राउतले भने,‘सरकारी सेवामा महिलाहरुको पहुँच सुनिश्चित गर्न लोकसेवा कक्षा सञ्चालन गरिएको हो।’

महिला सशक्तिकरणका लागि प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत शिक्षा विमा, साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माणजस्ता कार्यक्रम अघि सारेको राउतले बताए।

उनले छोरीहरुलाई शिक्षित बनाउनमात्र नभएर सरकारी सेवामासमेत पहुँच बढाउन प्रदेश प्रहरी र निजामती सेवामा ५० प्रतिशत आरक्षणको व्यवस्था गर्ने पहिलो प्रदेश बनेको जिकिर गरे।

राजर्षीजनक क्याम्पसका प्रमुख धर्मेन्द्र झाको अध्यक्षतामा सम्पत्र उद्घाटन कार्यक्रममा मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव दिपक सुवेदीलगायतका व्यक्तिहरुले सम्बोधन गरेका थिए।

कौटिल्य इन्स्टिच्युटसँगको सहकार्यमा प्रदेश सरकारले पहिलो चरणमा एक सय महिलालाई लोकसेवाको तयारी गराउन लगाएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।