मंगलबार, साउन २६, २०८३

गाडी दुर्घटनामा ८ प्रहरी घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - संघीय प्रहरी एकाइ बागमती गुल्मको गाडी काभ्रेको पनौती नगरपालिकामा दुर्घटना हुँदा ८ प्रहरी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी दया सापकोटाका अनुसार मण्डन देउपुरतर्फ गुडेको बागमती गुल्मको ना १ ग ४८४ नम्बरको मिनीट्रक बनेपा–पनौती सडकको बाँसघारीमा दुर्घटनामा परेको हो। 

मिनीट्रकले रोकिराखेको बलेरो जिपलाई ठक्कर दिएको थियो। घाइतेमध्ये दुईजना प्रहरीको अवस्था गम्भीर छ। घाइतेको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ।

मण्डन देउपुर नगरपालिका कार्यालय नजिकै बुधबार बिहान ट्रकले किचेर एक युवकको मृत्युपछि आफन्त र स्थानीयले सडक अवरुद्ध गरेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले गुल्मसँग थप सुरक्षा मागेको थियो। प्रहरीको ट्रक थप सुरक्षाकर्मीसहित मण्डन देउपुर जाँदै थियो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।