मंगलबार, साउन २६, २०८३

असन्तुष्ट प्रचण्डलाई फकाउँदै ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - पार्टीभित्रै असन्तुष्ट बनेका नेकपा अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फकाउन थालेका छन्। पार्टीमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा नेकपाका दुई अध्यक्षबीच बुधबार बिहान बालुवाटारमा भएको छलफलमा ओलीले प्रचण्डलाई फकाउने प्रयास गरेका हुन्।

अध्यक्षद्वयबीच राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्य विभाजन र मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा आफूसँग कुनै परामर्श र सल्लाह नगरेको भन्दै अध्यक्ष प्रचण्ड विगत केही समयदेखि असन्तुष्ट छन्। उनले सरकार र पार्टीप्रतिको असन्तुष्टि सार्वजनिक कार्यक्रमहरूमा पनि व्यक्त गर्दै आएका छन्। भेटमा ओलीले सरकार सञ्चालनमा आफूले सल्लाह गरेर अगाडि बढ्ने बताएको बालुवाटार स्रोतले बताएको छ।

गत शनिबार बसेको सचिवालय बैठकमा राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या नगर्ने भन्ने विषयमा मत नमिलेपछि नेताहरू निर्णय नगरी उठेका थिए।

पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा नदेखिएका प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न तहका नेताहरूसँग बालुवाटारमै बसेर छलफल गरिरहेका छन्।

यस्तै प्रचण्डले पनि आफूनिकट नेताहरूसँग पार्टीभित्रै अबको आफूहरूको भूमिका कस्तो रहने भन्नेबारे छुट्टाछुट्टै छलफल गरिरहेका छन्।

पार्टीमा नेताहरुबीच तीव्र ध्रवीकरण हुन लागिरहेका बेला वरिष्ठ नेता माधव नेपालले समेत भेटघाट तीव्र बनाएका छन्। उनले यसै साता अध्यक्ष प्रचण्डसँग बानेश्वरको एक होटलमा भेट गरेका थिए।

गत वर्ष शपथ खाएपछि पार्टी केन्द्रीय समितिको बैठक बसेको छैन। विधानमा छ महिनामा एक पटक केन्द्रीय समिति बैठक बस्ने व्यवस्था छ। त्यसैगरी गत पुसदेखि अहिलेसम्म समिति बैठक बसेको छैन। स्थायी समिति बैठक तीन महिनामा एक पटक बस्ने व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।