मंगलबार, साउन २६, २०८३

कुपिण्डेतालमा युवक वेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत - सल्यानको पर्यटकीय स्थल कुपिण्डे तालमा एक युवक डुबेर वेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्रबहादुर शाहीका अनुसार बनगाड कुपिण्डे नगरपालिका–८ का ३६ वर्षीया गोकुल बुढा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका हुन्। 

गत सोमबार वेपत्ता भएका बुढाको शव नभेटिएपछि उनको खोजीका लागि गोताखोरको माग गरिएको छ। ‘ताल निकै गहिरो छ जसले गर्दा शव भेटिएन’ प्रमुख शाहीले भने ‘तीन दिनसम्म लाश नभेटिएपछि गोताखोरको टोली पठाइदिन केन्द्रलाई पत्राचार गरेका छौँ ।’

३४ मिटर गहिराइ रहेको कुपिण्ड ताल झण्डै ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ। सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिण्डे तालमा दुई दर्जन बढी डुङ्गाहरु सञ्चालन हुँदै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।