मंगलबार, साउन २६, २०८३

देउवा-पौडेल भागबन्डामा अल्झिँदा सिटौला सक्रिय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रमुख प्रतिपक्षी कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आन्तरिक भागबन्डामा अल्झिरहेका बेला कृष्णप्रसाद सिटौला समूह १४ औं महाधिवेशनमा सक्रिय भएको छ ।

तेस्रो धार मानिने सिटौला समूह महाधिवेशनमा आफ्नो पोजिसन बलियो पार्ने रणनीतिसहित भेला र गुटगत परामर्शमा जुटेको हो।

सिटौला पक्ष सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत महाधिवेशन तयारीमा सक्रिय भएको हो। सिटौला समूहका नेताहरूले पार्टी बेथितिविरुद्ध आवाज उठाउँदै महाधिवेशन केन्द्रित हुन लागेको बताएका छन्।

'पार्टीको आगामी महाधिवेशनका विषयमा नेतृत्वले प्रस्ट भन्नुपर्‍यो। किन सार्नुपर्‍यो?' सिटौला समूहका नेता प्रदीप पौडेलले नेपाल समयसँग भने, 'केन्द्रीय समितिमा सभापतिज्यूको बहुमत छ। उहाँले जुटाउन सक्नुहुन्छ होला तर तल्लो तहमा रिक्त संरचना पनि नभर्ने अनि महाधिवेशन पनि नगर्ने?'

तल्लो तहको अधिवेशन पनि नगर्ने र संरचना पनि पूरा नगर्ने कामले कांग्रेस समस्यामा पर्ने उनले बताए । नेता पौडेलले भने, 'यसविरुद्ध हामी तयार हुँदैछौं।'

चौधौं महाधिवेशनका विषयमा विवाद जारी छ। विधानअनुसार कांग्रेस महाधिवेशन आगामी फागुनमा हुनुपर्छ। फागुनमा महाधिवेशन गर्ने हो भने वडा तहको अधिवेशन सुरु भइसक्नुपर्ने थियो। त्यसैले विधानअनुसार महाधिवेशन आगामी फागुनमा नहुने पक्का छ।

त्यसो त सभापति शेरबहादुर देउवा पक्ष फागुनमा महाधिवेशन गर्ने पक्षमा छैन । देउवा पक्ष महाधिवेशन सार्ने पक्षमा देखिएपछि रामचन्द्र पौडेल पक्षका नेताहरुले विरोध जनाउन थालेका छन्।

'हिमाल पहाड, तराईमधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान' सञ्चालन गरेर महाधिवेशन सार्ने खेल भइरहेको कांग्रेस नेता डा. शेखर कोइरालाले बताउँदै आएका छन्। उनले अभियानभन्दा महाधिवेशन महत्त्वपूर्ण भएकाले सार्न नहुने तर्क गरेका छन्।

हाल महाधिवेशन तयारीको गतिविधि नगरी भ्रातृ संगठन तथा समितिलाई पूर्णता दिने तयारी देउवा पक्षले थालेको छ। त्यसप्रति पौडेल पक्षले विरोध गरेको छ।

केन्द्रीय समितिकै समय सकिन लाग्दा संगठन र विभागलाई पूर्णता दिनु आवश्यक नभएको पौडेल पक्षको तर्क छ। तर, देउवा पक्ष भ्रातृ संगठन र विभागलाई पूर्णता दिएर महाधिवेशन सार्ने रणनीतिमा छ।

देउवा निकट उपसभापति विमलेन्द्र निधिले महाधिवेशन सर्न सक्ने बताउँदै आएका छन्। पार्टीको वैचारिक पक्ष र जनतामा सक्रियता बढाउनुपर्ने भएकाले महाधिवेशन सर्न सक्ने निधिको तर्क छ।

नेतृत्वको बेथिति जनतामा लगिने

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले प्रतिनिधि र प्रदेश सभाको चुनाव हार्‍यो। तर, सभापति देउवाले नैतिक जिम्मवबारीसमेत लिएनन्। 'नेतृत्वको कमीकमजोरी थुप्रै छन्। आन्तरिक लोकतन्त्र मरेको छ', नेता प्रदीप पौडेलले भने, 'यस विषयमा पार्टीको तल्लो तहसम्म जानकारी दिनु आवश्यक छ। हामी अब केन्द्रीय समितिमा यी कुरा पनि उठाउँछौं।'

पार्टीमा वैचारिक सुदृढीकरण आवश्यक रहेको बताउँदै नेता पौडेलले तेस्रो धारका नेताहरुले देशव्यापी रुपमा अभियान चलाउन लागेको बताए । 'पार्टीको दृष्टिकोण, परिवर्तनका विषय  जनतासमक्ष लाग्नुपर्छ। होइन भने यस्तो अवस्थामा कांग्रेसले आगामी दिनमा चुनाव जित्न सक्दैन।'

पौडेलले आगामी दिनमा कांग्रेसलाई सुदृढ, बलियो र आन्तरिक लोकतन्त्र बलियो भएको पार्टी बनाउन बेथितिबारे तल्लो तहसम्म जानकारी गराउनैपर्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।