मंगलबार, साउन २६, २०८३

नेपालमा धर्म परिवर्तन खुकुलो बनाउन अमेरिकी लबिङ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालमा धर्म परिवर्तनलाई खुकुलो पार्न कुटनीतिक तहबाटै लविङ भइराखेको खुलासा भएको छ । 

अमेरिकाले सार्वजनिक गरेको  अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी एक प्रतिवेदनमा नेपाल बारे यस्तो खुलासा गरिएको हो । सन् २०१८ को जनवरी पहिलो दिनदेखि डिसेम्बर अन्तिमसम्मका विभिन्न घटनाक्रम समेटेर अमेरिकाले नेपालसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । 

अमेरिकाको स्टेट डिपार्टमेन्टको वेबसाइटमा राखिएको प्रतिवेदनमा नेपालबारे १४ पृष्ठ छ । पृष्ठ ११ मा धेरै विदेशी इसाई संस्थाको नेपालका स्थानीय चर्चसँग सम्बन्ध भएको र उनीहरूलाई विभिन्न धार्मिक कार्यक्रमका लागि विदेशमा लैजाने गरिएको उल्लेख छ ।
 
नेपालमा धर्म परिवर्तनमा गरिएको कडाइ, धर्म परिवर्तन गराउने विदेशी पादरीलाई गरिएको देशनिकालादेखि गाई काट्नेलाई कारबाही गरिएको घटना प्रतिवेदनमा समावेश छन् । धर्म परिवर्तन सहज पार्न अमेरिकी दूतावास सक्रिय भएको पनि बताइएको छ । 

प्रतिवेदनको अन्तिम पृष्ठमा भनिएको छ, 'दूतावासका अधिकारी तथा अन्य अमेरिकी सरकारका प्रतिनिधिले नागरिक समाज र धार्मिक समूहसँग दाहसंस्कार स्थलको पहुँच, धार्मिक बिदाको सार्वजनिक उत्सव, धर्म परिवर्तनको निषेध र इसाई समुदायमाथि हिन्दु राजनीतिज्ञबाट भएको मौखिक आक्रमण अन्त्य गर्ने विषयमा छलफल गरेका थिए ।'

प्रतिवेदनको पृष्ठ ८ मा नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउन भारतको सत्तारुढ दल बिजेपीबाट सहयोग आउने गरेको समेत उल्लेख गरिएको छ । 

अमेरिकाको धार्मिक कुटनीति

विश्व महाशक्ति राष्ट्र अमेरिकाले पहिलोपटक धार्मिक कूटनीति प्रयोग गर्न थालेको छ । इसाई धर्मान्तरणदेखि इजरायलले कब्जा गरेको विदेशी भूभागको मान्यताजस्ता कुराले अमेरिकाले धार्मिक कूटनीति प्रयोग गरेको विज्ञहरुको दाबी छ ।
 
गत मार्च २५ मा अमेरिकाले गोलान हाइट्स इजरायलको भूभाग भएको मान्यता दियो । गोलान हाइट्स सिरियाबाट इजरायलले कब्जा गरेको भूभाग भएको बिबिसीले जनाएको छ । सन् १९६७ को मध्यपूर्व युद्धको समयमा कब्जा गरेको गोलान हाइट्सलाई अमेरिकाले इजरायलकै भएको मान्यता अहिले आएर दिएको हो । 

गोलान हाइट्स मात्रै हैन, सन् २०१७ को डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको राजधानी जेरुसेलम भनेर मान्यता दिए । 

इसाई र मुस्लिम दुवैले पवित्र मान्ने र प्यालेस्टाइनले आफ्नो राजधानी मानेको क्षेत्र जेरुसेलमलाई अमेरिकाले विश्वका अधिकांश राष्ट्रले मान्यता नदिए पनि राजधानीको मान्यता दिएको छ । कतिसम्म भने हालको इजरायलको राजधानी तेलअभिभबाट जेरुसेलममा आफ्नो दूतावास सार्नेसम्मको निर्णय अमेरिकाले गरेको छ । 

इसाईकरणमा मौन, धर्म परिवर्तनमा आलोचना
 
सन् २०१५ मा पहिलोपटक सार्वजनिक धार्मिक स्वतन्तत्रतासम्बन्धी अमेरिकी प्रतिवेदनले सन् २०१८ को रिपोर्ट पनि सार्वजनिक गरेको छ । 

अन्तर्राष्ट्रिय धार्मिक स्वतन्तता आयोगको वार्षिक प्रतिवेदन आयुक्त तेन्जिन दोर्जीको संयोजकत्वमा सार्वजनिक भएको छ। प्रतिवेदनमा भारत, चीन, पाकिस्तान, मलेसिया र साउदी अरेबिया समेटिएको छ ।
 
यी देशका आदिवासी र सनातन धर्म मान्नेलाई इसाईकरण गरिएको विषयमा भने प्रतिवेदन मौन छ । तर, इसाईकरणविरुद्ध राज्यका नियमन प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनमा समेटिएका देश नै असन्तुष्ट देखिएका छन् । 

भारतले त सार्वजनिक रुपमा आलोचना गरेको अलजजिराले उल्लेख गरेको छ । इसाई धर्मावलम्बीलाई हिन्दुमा परिवर्तन गरिएको, मुस्लिम धर्मलाई दमन गरिएको जस्ता कुरा प्रतिवेदनमा आएपछि भारतले आलोचना गरेको छ । 

हेर्नुहोस अमेरिकी रिपोर्ट-
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।