जनकपुरधाम- धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले आफूलाई दुर्व्यवहार गरेको प्रेदश २ का एक महिला सांसदले आरोप लगाएकी छिन् ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टी नेपालकी सांसद चमेली देवी दासले प्रमुख जिल्ला अधिकारी कँणेलले आफ्नै कार्यकक्षभित्र आफुलाई दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।
सांसद दासले एकजना सर्वसाधारण नागरिकको नागरिकता प्रतिलिपिसम्बन्धी काम लिएर पुगेको बेला प्रमुख जिल्ला अधिकारी कँणेलले कार्यकक्षभित्रै प्रहरी बोलाएर दुर्व्यवहार गरेकाे बताएकी छिन् ।
‘आफ्नै क्षेत्रको ६५ वर्षीय किशोरी यादवको नागरिकताको प्रतिलिपि सम्बन्धी काम लिएर जिल्ला प्रशासन कार्यालय पुगेको थिएँ,’ घटनापछि मंगलबार पत्रकारसम्मेलन गरेर सांसद दासले भनिन्,‘चार दिनदेखि उहाँ कार्यालय धाइरहनु भएको थियो । तर प्रतिलिपि पाउनु भएन् । मलाई सहयोग गर्न भत्रु भएकोले म जिल्ला प्रशासन कार्यालय पुगेको थिएँ ।’
‘प्रतिलिपि लिने ठाउँमा भिड बढी थियो, म आफै लाइनमा बसे,’ उनले थपिन्,‘कर्मृचारीलाई सोध्दा कुनै जबाफ दिन मानेन् । त्यसपछि म प्रमुख जिल्ला अधिकारी नजिक पुगे ।’ प्रतिलिपि लिन चार दिनदेखि धाइरहँदासमेत पाउन नसकेको भन्दै गुनासो गरे लगत्तै प्रमुख जिल्ला अधिकारी आफूमाथि खनिएको सांसद दासको दाबी छ ।
‘सांसद हुँ भनेर आफ्नो परिचय दिन मैले उचित ठानिन,’ उनले भनिन्,‘सिडिो साहेबलाई सायद पहिल्यै देखि कुनै तनावमा थिए जस्तो लाग्यो । उहाँले यो महिला बोल्न जान्दिन, बाहिर निकाल, महिला प्रहरी बोलाएर थुत्र लगा जस्ता शब्दहरुको प्रयोग गर्न थाल्नु भयो ।’ ‘मलाई पनि झोक चल्यो मैले पनि कराएर थुत्रे भए थुन तर बाहिर जात्र जबाफ दिएँ,’ दासले बताइन ।
नेपाली कांग्रेसका धनुषा जिल्ला उपसभापति सन्तोष यादव, नेकपाका रत्नेश्वर गोइत लगायतका नेताहरुकै सामुत्रे प्रमुख जिल्ला अधिकारी कँणेलले आफूलाई दुर्व्यवहार गरेको उनको भनाइ छ । कांग्रेस उपसभापति यादवले प्रमुख जिल्ला अधिकारीलाई आफू प्रदेशसभा सांसद रहको समेत बताएको उनको भनाइ छ ।
सेवाग्राही बनेर गएको आफूलाई दुर्व्यवहार गरेको भन्दै सांसद दासले प्रमुख जिल्ला अधिकारीमाथि कारबाही गर्न माग गरेकी छिन् । सम्बन्धीत निकायले कारबाही नगरे आफू जाहेरी दिनसमेत पछि नपर्ने दासले बताइन्।
यता प्रमुख जिल्ला अधिकारी कँणेलले भने आफूले सांसद दासलाई दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।
कँणेलले सांसद दास स्वयं आवेगमा आएर बोलेको बताएका छन् । ‘कर्मचारीले चार दिनदेखि अलमलाएर राखेको उहाँले भत्रु भएको छ,’ कँणेलले भने,‘तर मैले बुझ्दा प्रमाणनै थिएन् । अनुमानित र स्वविवेक प्रयोग गरेर उहाँले ल्याउनु भएको सेवाग्रहीको काम गरेर पठाएँ ।’
‘उहाँ नै अशिष्टता र अभद्र रुपमा प्रस्तुत हुनुभयो, मैले सामान्य प्रतिवादपनि गरेका छैन्,’ प्रमुख जिल्ला अधिकारी कँणेलले भने । उनले भने– ‘दुर्व्यवहार मैले होइन, उहाँले गर्नुभएको छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४