मंगलबार, साउन २६, २०८३

यस्तो छ रुपन्देहीका ६ नगरको बजेट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- रुपन्देही जिल्लाका नगरपालिकाहरुको बजेट स्थानिय सरकार प्रमुखहरुले प्रस्तुत गरेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले भने नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेको छ भने बजेट सार्वजनिक गर्न सकेन । बाँकी पाँच नगरपालिकाको नगरसभामा बजेट प्रस्तुत भएको छ । 

बुटवल उपमहानगरपालिका 

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जस्मा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ ।

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य सबल आर्थिक केन्द्र समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल : खुसी जनता’ रहेको उल्लेख छ ।

उपमहानगरको नीति तथा कार्यक्रम पारित भएसंगै यो आकारको बजेट प्रस्तुत भएको हो । पर्यटन, कृषि, उद्योग, व्यापार–व्यवसायलाई बुटवलको समृद्धिको आधार मान्दै योजना कार्यान्वयनको वर्ष रुपमा लिंदै बुटवलले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
 
सिद्धार्थनगरपालिका भैरहवा

जिल्ला सदरमुकाम समेत रहेको सिद्धार्थनगर भैरहवाको आगमी आर्थिक बर्षकोलागी १ अर्ब १८ करोड भन्दा बढीको बजेट प्रस्तुत भएको छ । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लािग पर्यटन, कृषि, खेलकुद, फोहोर व्यवस्थापन, पूर्वाधार विकास लगायतलाई प्राथमिकता दिँदै १ अर्ब १८ करोडको बजेट ल्याएको छ ।

तिलोत्तमाको बजेट एक अर्ब ५४ करोड 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैंयाँको बजेट प्रस्तुत गरिन् । 

बजेटमा शिक्षातर्फ सबैभन्दा बढी अर्थात् ३१ करोड ६६ लाख २७ हजार विनियोजन गरिएको छ । यसमा शिक्षक, कर्मचारीहरुको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माणमा ६ करोड, दिवा खाजा, यातायातलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ ।

यसैगरी स्वास्थ्यतर्फ ५ करोड ३३ लाख ७६ हजार, कृषि, पशुपालन र सिंचाईतर्फ ७ करोड २७ लाख ५७ हजार रकम विनियोजन गरिएको छ । नगर क्षेत्रभित्रका जीर्ण सडकको मर्मतसम्भार तथा स्तरोन्नती, गत वर्ष पुरा हुन नसकेका अधुरा सडक निर्माण, नाली तथा ढल निर्माणलगायत पूर्वाधार विकासका लागि ३६ करोड ८६ लाख ६५ हजार विनियोजन गरिएको छ ।

सैनामैनाको बजेट ९० करोड ८५ लाख 

समृद्ध सैनामैना नगरपालिका वनाउने संकल्पसाथ सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रवहादुर कार्कीले आर्थिक वर्ष २०७६÷०७७ को लागि कूल ९० करोड ८५ लाख ५१ हजार रुपैयाको बजेट प्रस्तुत गरेका छन् ।
 
बजेटमा सैनामैना क्षेत्र, पर्राेहा परमेश्वर वोलवमधाम, मलमला, महेरवादेवी, कोटियाथान लगायतका मठ मन्दिर, डिउहार, मस्जिद, गुम्बा, चर्चहरुको संरक्षण तथा सम्बद्र्धन गर्दै नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान र विकासका लागि ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माण तथा प्रचार प्रसारका लागि वजेट विनियोजन गरेको उल्लेख छ ।
 
देबदह नगरपालिका, देवदह

आजै सम्पन्न देवदह नगरपालिकाको पाचौ नगर सभामा आर्थिक बर्ष २०७६÷०७७ को लागि ७५ करोड ८७ लाख बरावरको बजेट प्रस्तुत भएको छ  । नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आगमी आर्थिक बर्षको बजेट प्रस्तुत गरेकी हुन् । 

देवदहको बजेटमा शर्सत तर्प १८ करोड २६ लाख, सामाजिक सुरक्षा तर्फ १२ करोड, स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम तर्फ १ करोड ५० लाख, अनुदान राजश्व वाडफाड समपुरक अनुदान र आन्तरिक राजश्व तर्फ गरी ४४ करोड ११ लाख गरी कुल ७५ करोड ८७ लाख व्यवस्थापन गरिएको छ ।

नगर सभामा निती तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख हिराबहादुर खत्रीले नगरपालिकाले कृषि, पर्यटन , उद्योग र पशुपालनलाई प्राथमिकता दिएर निती तथा कार्यक्रम ल्याइएको बताए । 

लुम्बिनी सास्कृतिक नगरपालिका 

लुम्बिनी सास्कृतिक नगरपालिकामा नीति तथा कार्यक्रम मात्रै प्रस्तुत भएको र बजेट प्रस्तुत हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।