मंगलबार, साउन २६, २०८३

विराटनगर, इटहरी, धरानः कस्को बजेट कस्तो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- स्थानिय सरकारले बजेट ल्याइसक्ने समयसिमाको अन्तिम दिन मंगलबार प्रदेश १ का मुख्य तीन सहर धरान, इटहरी र विराटनगरले पनि बजेट ल्याएका छन ।  

प्रदेश १ का दुइ उपमहानगरपालीकाहरु धरान र इटहरीको एकमुस्ट बजेट भन्दा विराटनगर महानगरपालीकाको बजेट १ अर्ब ४६ करोड भन्दा बढि आएको छ । 

विराटनगर महानगरपालीकाले ५ अर्ब, १२ करोड, ३० लाख, ९० हजारको बजेट ल्याएको छ । 

उपप्रमुख इन्दिरा कार्कीले प्रस्तुत गरेको बजेटमा विराटनगरका सिङ्गिया र केसलिया खोलामा तटबन्धसँगै पार्क निर्माण गर्ने, नदिजन्य पदार्थको अवैध उत्खनन अन्त्य गर्ने, मेयर कम मिनि ओलम्पीक तथा आत्मरक्षाको तालिम दिने उपमेयरसँग किशोरी जस्ता कार्यक्रम संचालन गर्ने महानगरको बजेटमा उल्लेख गरिएको छ ।
  
इटहरीले १ अर्ब, ८५ करोड, ५० लाखको बजेट ल्याएको छ । उपमेयर लक्ष्मी गौतमले इटहरी उपमहानगरको सांस्कृतिक भवनमा भएको नगरसभामा उक्त बजेट प्रस्तुत गरेकि थिइन । 

इटहरीमा अनलाइनबाट घरनक्सा पास तथा एकिकृत सम्पत्ति करको भुक्तानीको व्यवस्था, औद्योगिक ग्राम र जनजाती ग्राम स्थापना जस्ता महत्वकांक्षि कार्यक्रमहरु इटहरीले सार्वजनिक गरेको छ ।
 
धरान उपमहानगरपालीकाले १ अर्ब ८० करोडको बजेट ल्याएको छ । कार्यवाहक मन्जु भन्डारीले धरानमा रहेको गोरखा डिपार्टमेन्टको सभाहलमा आयोजित नगरसभामा बजेट प्रस्तुत गरेकि थिइन ।  

एक वडा एक पार्क सहित धरानलाइ पार्कको सहर बनाउने तथा वैशाखपछि कुनै आयोजना सम्झौता नगर्ने जस्ता आकर्षक कार्यक्रमहरु धरानले ल्याएको छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।