धनगढी- अछामको चौरपाटी गाउँपालिका-२ मा ट्याक्टर पल्टिदा तीन विद्यार्थीको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।
वडा नम्बर २ सोकटको मुल्लीकोलगैरा भन्ने ठाउँमा से १ त ७८३९ नम्बरको ट्याक्टर पल्टिदा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुने चौरपाटी गाउँपालिका वडा नं. २ का दशपल्ले माविवाट यस वर्ष एसईई परिक्षा दिएका रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत कालि साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिए ।
स्थानीय जगत साउदले दिएको जानकारी अनुसार उत्तम साउद, लक्ष्मी साउद, मान बहादुर भुल र सरस्वती साउद गम्भीर घाइते छन् । मृतक र घाईते सबै स्थानीय दशपल्ले मावि सोकटमा अध्यनरत छात्र छात्रा हुन् ।
घाईतेलाई उपचारका लागि चौरपाटी लगिएको साउदले जानकारी दिए । वडा नमवर ३ डुग्रीबाट वालुवा लिन वडा नम्वर २ तर्फ आउदै गरेको ट्याक्टरको अगाडीको भाग पल्टिदा च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टरमा ३०/४० विद्यार्थी चढेको बुझिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४