मंगलबार, साउन २६, २०८३

एसईईको नतिजा आज : यी माध्यमबाट हेर्न सकिन्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- गत चैतमा सञ्चालन भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आजै (बुधबार) सार्वजनिक गर्ने गरि तयारी भएको छ । 

उत्तरपुस्तिकाको अन्तिम रुजु गर्ने काम सकिएसँगै आजै साँझसम्ममा नतिजा सार्वजनिक गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयमा छलफल भएको स्रोतले बताएको छ ।

‘नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको छ । सम्भवतः आज नै नतिजा सार्वजनिक हुन्छ ।’, कार्यालयका एक अधिकारीले भने । नतिजा प्रकाशनका लागि बोर्डको बैठक बोलाउने समेत तयारी भएको छ । 

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार आज बिहानैदेखि केहि प्राविधिक त्रुटि छ की भनेर थप हेर्ने काम भइराखेको छ । कुनै गम्भीर त्रुटि नभेटिए चाडैँ नतिज सार्वजनिक गरिने छ । यदि कुनै त्रुटि भेटिए नतिजा प्रकाशन गर्न एक–दुई दिन लाग्न सक्ने उनले बताए । 

नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक अधिकारीले बताए। कार्यालयले परीक्षाको नतिजा सम्बन्धी विवरण हेर्न सकिने व्यवस्थाको सूचना जारी गरिसकेको छ । 

परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ।

२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए। यसवर्ष सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी सहभागी भएका थिए ।  

यस वर्षको एसईई परीक्षामा नियमितर्फ सबैभन्दा धेरै प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् । त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिएका थिए ।

अघिल्लो वर्षको तुलनामा एसईई दिने विद्यार्थीको संख्या यो वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम सहभागी भएका थिए ।

यी माध्यमबाट हेर्न सकिन्छ नतिजा

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।