मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समाजवादी पार्टीका अर्का सांसद ६ महिनाका लागि निलम्बित

समाजवादी पार्टीका अर्का सांसद ६ महिनाका लागि निलम्बित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका सांसद प्रदिप यादवलाई ६ महिनाका लागि निलम्बन गरिएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट सांसद यादवलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको हो।

समाजवादी पार्टीका अर्का सांसद हरिनारायण रौनियार साह यसअघि नै निलम्बित छन्। सांसद यादव लाटभीयाको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’को कार्यक्रममा सहभागी भएका थिए।

समाजवादीका सांसद यादव उक्त कार्यक्रममा सहभागी भएको भन्दै चिनियाँ दुतावासले असन्तुष्टि व्यक्त गरेको थियो। त्यसलगतै पार्टीले स्पष्टिकरण सोधेको थियो। 

सांसद यादवले आफूलाई उक्त कार्यक्रमको विषयबस्तु बारे जानकारी नभएको, त्यहाँ पुग्दा मात्र थाहा पाएको बताउँदै आएका छन्। भूलबस कार्यक्रममा सहभागी भएको स्पष्टिकरण दिँदै आएका सांसद यादवलाई कारबाही गरिएको हो।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।